ट्रेण्डिङ

होमपेज / अर्थ

सल्यानमा अविरल वर्षा र हावाहुरीबाट १ करोड बढीको क्षति

  सल्यान खबर डेस्क २०८० भाद्र २५ गते सोमबार १३:५९:०५ मा प्रकाशित

भदौ २५,सल्यान 

सल्यानमा अविरल वर्षा, हावाहुरीबाट १ करोड बढीको क्षति भएको छ । कृषि विकास कार्यालय सल्यानका अनुसार भदौ १७ र १८ गते आएको हावाहुरी सहितको वर्षा र जङ्गली जनावरका कारण जिल्लाभर १ करोड ४५ लाख ८३ हजार बराबरको क्षति भएको छ । 

हावाहुरी सहितको वर्षाले सबैभन्दा धेरै बागचौर नगरपालिकाको ४,६,७,११, दार्मा गाउँपालिकाको १,२,४को मकै बालीमा क्षति गरेको कृषि विकास कार्यालय सल्यानका निमित्त कार्यालय प्रमुख रेसम कुमार बस्नेतले जानकारी दिनु भयो । यस्तै शारदा नगरपालिकाको ६ मा बँदेल र दुम्सीले क्षति गरेको उहाँको भनाई छ । 

जिल्लाका १ हजार १ सय ८० किसानले उत्पादन गरेको मकै बालीमा पूर्णरुपमा क्षति पुगेको कार्यालयले जनाएको छ । हावाहुरी सहितको वर्षाका कारण ४ सय ८६ मेटिकट्न बढी क्षति भएको उहाँको भनाई छ । 

गत आर्थिक वर्ष उक्त स्थानमा ८ सय ७८ मेटिकट्न मकै उत्पादन भएकोमा यस वर्ष आधा बढीमा क्षति पुगेको छ ।जिल्लाका अन्य किसानको खेतबारीमा समेत जङ्गली जनावरबाट क्षति पुगेको जानकारी आइरहेको प्रमुख बस्नेतले बताउनु भयो । 

जिल्लाभर सङ्कलन भएको क्षतिको विवरण जिल्ला विपद् व्यवस्थापन समिति र कर्णाली प्रदेश विपद् व्यवस्थापन समितिमा क्षतिपूर्तिका पत्राचार गरिएको बस्नेतको भनाई छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top