होमपेज / अर्थ
भदौ १४,सल्यान
गत आर्थिक वर्षमा सल्यानबाट ७० करोड भन्दा बढीको खसीबोका जिल्ला बाहिर निकासी भएको पाइएको छ । गत आर्थिक वर्ष २०७९/०८० मा जिल्लाबाट ७० करोड भन्दा बढीको खसीबोका जिल्ला बाहिर निकासी भएको पशु अस्पताल तथा पशुसेवा कार्यालय सल्यानले जनाएको छ ।
कार्यालयका अनुसार ५७ करोडको खसी बोका निकासी भएको रेकर्ड भएपनि २ वटा स्थानिय तहको डाटा आई नपुगेकाले ७० करोडको खसी बोका निकासी भएको अनुमान गरिएको हो । गत आर्थिक बर्ष २०७८/०७९ मा जिल्लाबाट ५३ करोड भन्दा बढीको खसीबोका जिल्ला बाहिर निकासी भएकोमा यस बर्ष झन्डै १७ करोड बढी निकासी भएको पशु अस्पताल तथा पशुसेवा कार्यालय सल्यानका प्रमुख गोबिन्द महतले बताउनु भयो ।
सल्यान वाख्रा पालनका लागि निकै संभावना भएको र उपयुक्त ठाउ मानिन्छ । यहाँका किसानहरुको घर घरमा वाख्रा पालन गर्ने गरेका छन् । यस जिल्लामा ४ लाख भन्दा बढी संख्यामा बाख्रा पालन हँुदै आइरहेको उहाँले बताउनु भयो । बाख्रापालनलाई बढवा दिन प्रदेश सरकार र स्थानिय तहले एक पालिका एक पशु बस्तु कार्यक्रम मार्फत बाख्रा वितरण गरिएको महतले बताउनु भयो । जिल्लामा व्यवसायिक बाख्रा पालन फस्टाउदै गएका कारण पनि खसीबोका निकासी हुने क्रम बढी रहेको छ । प्रत्येक घरले सामान्य तह ३ देखि ५ ओटासम्म बाख्रा पालन गर्दै आइरहेको प्रमुख महतको भनाई रहेको छ ।
ब्यवसायिक वाख्रा पालनका लागि कृषकहरुलाई आर्कषित गर्न गतवर्षसम्म पसु सेवा कार्यालयबाट विभिन्न कार्यक्रम सञ्चालन गरिएको थियो । बाख्रापालन प्रवद्र्धनका लागि बाखा्र वितरण, उन्नत जातका बोका खरिद खोर निर्माण लगायतका कार्यक्रम सञ्चालन गरिएका पशु अस्पताल तथा पशुसेवा कार्यालयका सुचना अधिकारी बिरेन्द्र केसीले जानकारी दिनुभयो ।
उहाँका अनुसार साना किसान र व्यवसायिक किसानलाई वर्गिकृत गरी खोर सुधार अनुदान, वजारिकरणका लागि संकलन सहजिकरण , संक्रामक रोग विरुद्ध निशुल्क खोप सेवा लगाएत प्राविधिक सहयोग गर्ने गरेकोे बताउनु भयो । जिल्लालाई वाख्रा पालनमा उदाहरणीय वनाऊन प्रदेश र स्थानिय तहको समन्वयमा पशु सेवा कार्यलयले विभिन्न कार्यक्रम सञ्चालन हुदै आइरहेको बताउनु भयो ।
सल्यानको खसी बोका काठमाण्डौ, पोखरा, धनगढी लगायतका प्रमुख शहरहरुमा बढि माग हुने गर्दछ । सल्यानको खसी बोका भनेपछि अन्य जिल्लाको तुलनामा व्यापारीहरुले बढि मुल्य हाल्ने गरेको पाईएको छ । जंगलमा घाँससँग सँगै जडिबुटिहरु पनि खाने भएकाले निरोगी, स्वस्थ र खानका लागि राम्रो हुने भएकाले व्यापारीहरुले सल्यानको खसीबोका भनेपति अन्य जिल्लाको तुलनामा बढि मुल्य हाल्न कुनै कन्जुस्याई गर्दैनन् । जिल्लाबाट कपुरकोट, सल्लीबजार, कालिमाटी रामपुर लगायतका नाकाबाट खसीबोका निकासी हुने गरेको सुचना अधिकारी केसीले बताउनु भयो ।





.jpg)