ट्रेण्डिङ

होमपेज / अर्थ

बनगाडमा सम्झौता भएका ९८ प्रतिशत योजना सम्पन्न

  सल्यान खबर डेस्क २०८० श्रावण १२ गते शुक्रबार १४:०१:२५ मा प्रकाशित

साउन १२,सल्यान 

सल्यान बनगाड कुपिण्डे नगरपालिकामा सम्झौता भएका ९८ प्रतिशत योजना सम्पन्न भएका छन् । गत आर्थिक वर्ष २०७९/२०८० मा सम्झौता भएका विभिन्न योजनाहरू ९८ प्रतिशत सम्पन्न भएको नगरपालिकाले जनाएको छ  

नगरपालिकाका अनुसार भवन तर्फ महेन्द्र माध्यमिक विद्यालय आपचौर ४ कोठे भवन, जनकल्याण आधारभूत स्वरा २ कोठे भवन, महादेव प्रावि ज्यामिरे ३ कोठे भवन,  वडा नम्बर ७ र ८ को वडा कार्यालय भवन , नगर भवन ९५ प्रतिशत, सरस्वती प्रावि फुर्के सल्ली ८० प्रतिशत भवन, १५ शय्या नगर अस्पताल, आधारभूत घर्ती गाउँ भवन र औलबेशी स्वास्थ्य चौकी भवन १५ प्रतिशत बनेको इन्जिनियर महेश देवकोटाले जानकारी दिनु  भयो  । 

यस्तै सिचाइ तर्फ ५३ वटा पि सिसी र ८ वटा आर सि सी सिचाइ कुलो निर्माण र

खानेपानी तर्फ कारागाउ खानेपानी निर्माण ३, बेतेनी खानेपानी, चोरपानी पाडेलधुरा खानेपानी, बाबियाचौर खानेपानी, भदाले खानेपानी सहित ४१ वटा खानेपानी, ट्याङ्की निर्माण पाइप खरिद लगायत खानेपानी योजना सम्पन्न भएका छन् ।  खानेपानी सरसफाइ स्वच्छता सम्बन्धी वासको साझेदारीमा खानेपानी सम्बन्धी काम गरिरहेको छ । 

सडक तर्फ नगरपालिका मुकाम देखी माल्पे खरिक तारुपारे सडक, घाटगाउ पानी खोला माल्पे सडक, आपचौर माझकाडा थापाचौर सडक, ढोर पिपल थापाचौर सडक, पाउकोट राइरा सडक, च्युराकारा काफलपानी सडक, आपचौर निगाल्चुला सडक, माझखर्क सल्लेखर्क खुरी दुरुमखोला सडक, देवस्थल नाम्रा औलबेशी  बामे सडक च्युरीगैरा बाल निर्माण,  बाहुन गाउँ पोखरा, खानिगाउ लगायत २७ वटा अन्य सडक निर्माण गरिएको छ । 

तटबन्ध तर्फ चिसापानी तटबन्ध, गैरी बजार तथा ढल निकास, कुपिण्डेखोला तटबन्ध, सिम खोला तटबन्ध लगायत ९ वटा तटबन्ध निर्माण  सम्पन्न भएको उहाँको भनाई छ । 

सुरक्षित नागरिक आवास अन्तर्गत ९१ वटा घरलाई खरको छाना मुक्त, टिमुर ड्राइहावस ४ वटा निर्माण, वायोग्यास २५ वटा, १४ स्थानमा गरा सुधार, २ वटा  रिचार्ज पोखरी र विभिन्न ठाउँमा फिल्टरीङ्ग ड्याम, चेक ड्याम निर्माण गरिएको,  मुक्ति मावि, बनगाड क्याम्पस, कृष्ण मावि मा फर्निचर व्यवस्थापन गरिएको छ । कृष्ण मावि, महेन्द्र मावि ल्याब तथा आइसिटी व्यवस्थापन गरिएको छ भने भगवती आवि खैरागार र सिद्धेश्वरी मावि माझखर्कमा आइसिटी व्यवस्थापन लगायत विभिन्न स्कुलहरूमा घेर बार शौचालय तथा फिल्ड निर्माण गरिएको छ प्रमुख प्रशासकीय अधिकृत जगत बहादुर घर्तीले बताउनु भएको छ ।

साथै नगरपालिका यो वर्ष देखि नै सामाजिक सुरक्षा भत्ता वडा कार्यालयहरू बाट वितरण, स्थानीय पाठ्यक्रम निर्माण, पञ्चवर्षीय शैक्षिक सुधारको योजना निर्माण, गौशाला निर्माण, अगिल्लो सरकारले १८ महिना सम्म तलब नदिएर काम गरिरहेका, १२ जना सामाजिक परिचालकहरूलाई तलब दिएको र केही भुक्तानी हुन बाँकी योजनाको भुक्तानी समेत गरिएको छ ।

 वडा कार्यालयका भवन बनाउन सुरु गरिएको छ जसमा अहिले वडा न ७ र ८ को वडा कार्यालय भवन बनाएको छ भने आउँदो वर्ष ४ वटा वडा कार्यालय बनाउने । सबै वडामा आफ्नै भवन बनाउने लक्ष्य लिएको  नगर प्रमुख कर्ण बहादुर बुढाथोकीले बताउनु भएको छ । प्रमुख बुढाथोकीले कृषक समूह र नगरपालिकाको लागत  साझेदारीमा बाख्रा बोका, बाख्रा खोर बनाएको छ  । कृषक समूहहरूलाई अनुदानमा कृषि सामाग्री वितरण गरिएको छ । विद्यालय अनुगमनको सुरुवात गरिएको छ भने शैक्षिक पात्रो बनाइ कार्यान्वयन गरिएको छ । सुसुवा र नगरपालिकाको साझेदारीमा  खानेपानी निर्माणको योजना अगाडि बढाएको समेत प्रमुख बुढाथोकीले बताउनु भएको छ । प्रशासनिक क्षेत्रमा सुधार सङ्गै, असार महिनामा कार्यालयमा हुने भिडको अन्त्य गरिएको छ । नागरिकताको सिफारिस निःशुल्क लगायत विधुतकको विस्तार वडा  २,३,४,५ को वडा कार्यालय सम्म बत्ती बलेको बाकी टोलहरूमा छिटै विस्तार हुने समेत बताउनु भएको छ ।

केही योजनाहरू सम्झौता नभएको, सम्झौता भएका योजनाहरू काम अपुग भई भुक्तानी कम भएको र ठेक्का घटिघटाई काम हुने भएकोले त्यसबाट वचन आएकोले ६८ प्रतिशत खर्चको भएको र सम्झौता भएका मध्ये ९८ प्रतिशत योजना सम्पन्न भएको प्रमुख प्रशासकीय अधिकृत जगत घर्तीले जानकारी दिनु भएको छ ।

लघु उद्यम विकासका द्वारा लागी सामाजिक परिचालन सहभागीतात्मक ग्रामीण, लेखाजोखा अभिमुखीकरण कार्यक्रम, प्राविधिक सूप विकास तालिम, डल, कुसन तालिम, साबुन बनाउने तालिम मसला बनाउने तालिम, मौरी पालन तालिम, लघुवित्तमा  पहुँच कार्यक्रम, उपयुक्त प्रविधिमा पहुँच कार्यक्रम, बजारीकरण सम्बन्धी, कृष्टल गहना बनाउने एडभान्स तालीम, र्‍याफ्टिङ तालिम लगायत प प्रविधि हस्तान्तरण कार्यक्रम मेडपाद्धारा गरिएको छ । 

अपाङ्गलाई मुढा बुनाई, महिलाहरूलाई चुरा पोते तालिम अन्तर पुस्ता हस्तान्तरण सम्बन्धी निगालाको चोयाको डोको, छाप्री टोकरी बुनाई 

घरेलु हिंसा नियन्त्रण र बाल विवाह नियुनिकरण सम्बन्धी जनचेतना कार्यक्रम सम्पन्न भएका छन् । 

७५ प्रतिशत अनुदानमा मकै धान र च्याउको बीउ वितरण, ५० प्रतिशत अनुदानमा स्प्रे ट्याङ्की वितरण, सुनौलो हजारका आमाहरूलाई बीउ वितरण, तरकारी बीउ वितरण लगायत कृषि सम्बन्ध घुम्ती शिविर, बाख्रालाई पि पिआर खोप दोरपिपलमा कृषि र पशुको उप शाखा कार्यालय स्थापना योग शिविर लगायतका काम गरिएको छ।

केही योजनाहरू सम्झौता नभएको, सम्झौता भएका योजनाहरू काम अपुग भई भुक्तानी कम भएको र ठेक्का घटिघटाई काम हुने भएकोले त्यसबाट वचन आएकोले ६८ प्रतिशत खर्चको भएको र सम्झौता भएका मध्ये ९८ प्रतिशत योजना सम्पन्न भएको प्रमुख प्रशासकीय अधिकृत जगत घर्तीले जानकारी दिनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top