ट्रेण्डिङ

होमपेज / अर्थ

सल्यानमा संघीय सरकारको बजेट ३ अर्ब ८१ करोड

  सल्यान खबर डेस्क २०८० जेठ १६ गते मंगलबार १७:४१:०५ मा प्रकाशित

जेठ १६,सल्यान 
संघीय सरकारले सल्यानका लागि तीन खर्व ८१ करोड बढी बजेट विनिायोजन गरेको छ । आर्थिक वर्ष २०८०÷०८१ का लागि अर्थमन्त्री डा. प्रकाश शरण महतले सोमबार सार्वजनिक गरेको बजेटमा सल्यानका दश स्थानीय तहका लागि ३ अर्ब ८१ करोड ९३ लाख रुपैयाँ विनियोजन गर्नु भएको छ । 

सल्यानमा तीन नगरपालिका र सात गाउँपालिका रहेका छन् । जसमा सबैभन्दा बागचौर नगरपालिका र सबैभन्दा कम सिद्ध कुमाख गाउँपालिकामा बजेट विनियोजन गरिएको छ । बागचौर नगरपालिकामा ४६ करोड १६ लाख बजेट विनियोजन गरिएको छ भने कम सिद्ध कुमाख गाउँपालिकामा २१ करोड ८६ लाख विनियोजन गरिएको छ । 
 बनगाड कुपिण्डे नगरपालिकामा ४३ करोड १९ लाख, शारदा नगरपालिकामा ४५ करोड २७ लाख, कपुरकोट गाउँपालिकामा २७ करोड ८० लाख, कालिमाटी गाउँपालिकामा २९ करोड ९७ लाख बजेट विनियोजन गरिएको छ ।

यस्तै कुमाख गाउँपालिकामा ३५ करोड ६७ लाख, छत्रेश्वरी गाउँपालिकामा ३५ करोड २९ लाख, त्रिवेणी गाउँपालिकामा २७ करोड १६ लाख र दार्मा गाउँपालिकामा २९ करोड ५६ लाख बजेट विनियोजन गरिएको छ । उक्त बजेट समानीकरण,सशर्त र विशेष अनुदानलाई मिलाएर आएको हो । 

सरकारको नीति कार्यक्रम तथा बजेटले सल्यानलाई कुनै पनि एक विषयलाई पनि छुन सकेको छैन् । राप्ती राजमार्गमा ८० करोड विनियोजन गर्नु बाहेक संघीय सरकारबाट सल्यानका लागि कुनै नयाँ योजना आउन सकेको छ्रैन । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top