ट्रेण्डिङ

होमपेज / अर्थ

सल्यान त्रिवेणीका किसानलाई बाख्रा वितरण 

  सल्यान खबर डेस्क २०७९ फाल्गुण १५ गते सोमबार १६:५६:५१ मा प्रकाशित

फागुन १५,सल्यान 

किसानको आयआर्जनमा वृद्धि गर्ने उद्देश्यले सल्यानको त्रिवेणी गाउँपालिकाले बाख्रा वितरण गरेको छ ।

 बाख्राको साना व्यावसायिक पकेट विकास कार्यक्रम अन्तर्गत त्रिवेणी गाउँपालिका ४ फलावाङका प्रगति कृषि तथा पशुपन्छी समूहका किसानलाई सोमबार बाख्रा वितरण गरिएको हो । 

समूहलाई ३५ वटा बाख्रा र १ उन्नत जातको बोका प्रदान गरिएको त्रिवेणी गाउँपालिका पशु सेवा शाखाले जनाएको छ । ५० प्रतिशत अनुदानमा गाउँपालिकाले बाख्रा, बोका र खोर सुधारमा ३ लाख ६२ हजार ५ रुपैयाँ खर्च गरेको पशु सेवा शाखा प्रमुख वसन्त रावतले बताउनु भयो । 

अनुदानमा दिइएको बाख्राबाट किसानको जीवनस्तर माथि उठाउन टेवा पुग्ने विश्वास व्यक्त गर्दै गाउँपालिकाका अध्यक्ष खिम बहादुर रावतले बाख्रा पालन सजिलो पेसा भएको र राम्रो आयआर्जन गरी अरूका अघि उदाहरणीय बन्न किसानलाई आग्रह गर्नु भयो ।

बाख्रा हस्तान्तरण गर्दै रावतले भन्नु भयो, ‘अनुदानमा पाएको बाख्राको स्याहारसुसार गरी यसबाट वर्षेनि राम्रो आम्दानी गर्नुहुनेछ भन्ने विश्वास लिएको छु ।’

वडा नम्बर ४ बाख्रा पालनका लागि उपयुक्त वातावरण भएको वडा रहेको बताउँदै वडाध्यक्ष छविराज शर्माले व्यावसायिक रुपमा बाख्रा पालन व्यवसाय अघि बढाउन आग्रह गर्नु भयो । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top