ट्रेण्डिङ

होमपेज / अर्थ

सल्यान दार्माको गाउँसभा उद्घाटन

  सल्यान खबर डेस्क २०७९ माघ २७ गते शुक्रबार १९:२९:२८ मा प्रकाशित

माघ –२७, सल्यान । 
कर्णाली सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री भिमप्रकाश शर्माले सरकारले बास्तविक किसानका समस्या समाधानका लागि पहल गर्नेे बताएका छन । 
कर्णालीमा व्यवसायीक किसानका लागि त्यसै अनुसारको लगानि गर्ने बताएका उनले आवश्यकताको पहिचान गरि लगानी गर्ने बताएका हुन । 
दार्मा गाउँपालिकाको गाउँसभा तथा १२ औ अधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले उत्पादनका आधारमा लगानी गर्ने र त्यसलाई बढाउदै लिने बताएका हुन । 
३ महिना, ६ महिना, ९ महिना र एकबर्ष गरि व्यवसायीक उत्पादन गर्नेलाई त्यहि अनुसारको लगानी गर्दै उत्पादनमा वृद्धि ल्याउने कार्यक्रम ल्याउने बताएका उनले किसानलाई व्यवसायीक बन्न अनुरोध गरेका छन । 

कार्यक्रमलाई सम्बोधनका क्रममा संविधानसभा सदस्य उमाकान्त शर्माले माओवादी आन्दोलनका कारण यो व्यवस्था आएको भन्दै संघियताले नै विकासका पुर्वाधारमा सहयोग गरेको बताए ।


जिल्ला समन्वय समिति उपप्रमुख असविर बुढाथोकीले दार्मा सरकारले गरेका कामको प्रशंसा गर्दै यसमा सबै सरकारको लगानी बढाउने कुरामा लाग्नुपर्ने बताए । 
उद्घाटन समारोहको शुरुवातीमै राष्ट्रि«गान सहित हल प्रवेश गरेका अतिथिलाई स्वागत गर्दै गाउँपालिका अध्यक्षले कार्यक्रमको सुुरुवाती सहित पालिकाको अर्धबार्षिक समिक्षा प्रस्तुत गरेका थिए । अध्यक्षले प्रस्तुत गरेको विवरण अनुसर दार्मामा २५.३२ प्रतिशत मात्रै बजेट खर्च भएको छ । 
यस आर्थिक बर्षमा दार्मामा ४८ करोड ९४ लाख ३० हजार ६ सय बजेट भएकोमा १२ करोड ६१ लाख ९२ हजार ४ सय मात्रै खर्च भएको छ । 
जसमा चालु तर्फ ३७.०४ प्रतिशत र पुजिगत ९.०७ प्रतिशत रहेको छ । गाउँपालिकाले चालु आर्थिक ५४ लाख १६ हजार राजस्व संकलनको लक्ष्य लिएकोमा १२ लाख ६६ हजार ५ सय मात्र संकलन भएको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top