ट्रेण्डिङ

होमपेज / अर्थ

सल्यानमा मकैको उत्पादन बढ्यो

  सल्यान खबर डेस्क २०७९ पौष २१ गते बिहीबार १६:५३:११ मा प्रकाशित

पुस २१,सल्यान 

सल्यानमा यस वर्ष मकैको उत्पादनमा वृद्धि आएको छ । गत  वर्षको तुलनामा चालु आर्थिक वर्षमा ६ हजार ८ सय ९० मेटिकट्न मकै बढी उत्पादन भएको हो । 

कृषि विकास कार्यालय सल्यानका अनुसार यस वर्ष १८ हजार ५० हेक्टर क्षेत्रफलमा मकै खेती हुँदा ७४ हजार ६ सय ८० मेटिकट्न उत्पादन भएको छ । गत वर्ष १० हजार ५ हेक्टर क्षेत्रफलमा ६७ हजार ७ सय ९० मेटिकट्न मकै उत्पादन भएको थियो ।

 गत वर्षको भन्दा यस वर्ष कम क्षेत्रफलमा मकै खेती गरिएको भएपनि उन्नत, हाइब्रिड जातको मकै मौसम अनुकूल हुँदा वृद्धि भएको कृषि विकास कार्यालय सल्यानका सूचना अधिकारी रेशम कुमार बस्नेतले जानकारी दिनु भयो । उहाँका अनुसार गत वर्षको भन्दा यस वर्ष ९ सय ५५ हेक्टर क्षेत्रफल कममा मकै खेती भएको छ । मकै खेती हुने बारीमा मौसमी तथा बेमौसमी तरकारी खेती गरेको हुँदा क्षेत्रफल घटेको उहाँको भनाई छ । 

उत्पादन भएको मकै जिल्ला बाहिर समेत निर्यात हुने गरेको छ । सल्यानबाट उत्पादन भएको झन्डै ४० प्रतिशत मकै जिल्ला बाहिर निर्यात हुने बस्नेतको भनाई छ । दाङ, नेपालगन्ज, बुटवल, पोखरासम्म मकै जाने गरेको कार्यालयले जनाएको छ । 

सल्यान खाद्यान्नमा आत्मनिर्भर जिल्लाको रुपमा रहेको छ । जिल्लामा वार्षिक रुपमा १ लाख २९ हजार २ सय ५५ मेटिकट्न खाद्यान्न उत्पादन हुने  गरेको छ । जसमा उपभोगयोग्य ५३ हजार ९ सय २६ मेटिकट्न हुने गरेको छ । जिल्लाको कुल जनसङ्ख्याको आधारमा ४८ हजार ४ सय १८ मेटिकट्न खाद्यान्न वार्षिक खपत हुने गरेको कार्यालयले जनाएको छ । जसबाट वार्षिक ५ हजार ५ सय ७ मेटिकट्न खाद्यान्न बचत हुँदै आइरहेको छ । 

धान, मकै, गहुँ, कोदो जौ जस्ता खाद्यान्न वार्षिक रुपमा उत्पादन वृद्धि हुँदै जाँदा सल्यान खाद्यान्नमा आत्मनिर्भर बनेको कार्यालयले जनाएको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top