ट्रेण्डिङ

होमपेज / अर्थ

सल्यानमा २० प्रतिशतले बढ्यो सुन्तला उत्पादन

  सल्यान खबर डेस्क २०७९ पौष १७ गते आइतबार १५:५७:५६ मा प्रकाशित

पुस १७,सल्यान 
सल्यानमा २० प्रतिशतले सुन्तलाको उत्पादन बढेको छ । विगत तीन वर्षदेखि सुन्तला उत्पादनमा निरन्तर ओरालो लागेको सल्यानमा यस वर्ष भने २० प्रतिशतले वृद्धि भएको छ । 

कृषि विकास कार्यालय सल्यानका अनुसार गत वर्ष ६ हजार ९ सय ८० मेटिक्टन सुन्तला उत्पादन भएकोमा यस वर्ष ८ हजार ३ सय ७६ मेटिक्टन उत्पानन हुने अनुमान गरिएको छ । असोजमा लगातार एक साता परेको वर्षाले अन्यबालीनालीको उत्पादनममा असर परेपनि सुन्तलामा भने फाइदा हुँदा उत्पादन बढेको कृषि विकास कार्यालय सल्यानका प्रमुख भरत कुमार बस्नेतले जानकारी दिनु भयो । उहाँले भन्नु भयो विगतमा सुन्तलामा रोग, किरा, जलवायु परिवर्तनको असर लगायतका कारण सल्यानमा सुन्तलाको उत्पादन गर्दै आइरहेको थियो । तर यस वर्ष भने गर्त वर्षको भन्दा १ हजार ३ सय ९६ मेटिक्टनले बढी उत्पादन हुने अनुमान गरिएको छ । 
 जिल्लाभर किसानले १ हजार ६ सय हेक्टरमा सुन्तला खेती गर्दै आइरहेका छन् । जसबाट प्रत्येक वर्ष २५ करोडसम्म भित्रिदै आइरहेको छ । यो वर्ष किसानले २८ करोड सम्म भित्र्याउने अनुमान छ । 

उत्पादन वृद्धि भएपछि गत वर्ष प्रतिकेजी ६०÷६५ रुपैयाँमा बिक्री गरेका किसानले यो वर्ष ५०÷५५ रुपैयाँमा बिक्री गरिरहेका छन् । सल्यानमा उत्पादित सुन्तला काठमाडौं, नेपालगन्ज, बुटवल, दाङ मात्र नभई भारतको सुनवल, लखनौंसम्म पुग्ने गरेको छ । जिल्लाको शारदा नगरपालिका, बागचौर नगरपालिका, सिद्धकुमाख त्रिबेणी र छत्रेश्वरी गाउँपालिकामा सबैभन्दा बढी सुन्तला उत्पादन हुने गरेको छ । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top