होमपेज / अर्थ
कार्त्तिक ७,सल्यान
बारी भरी ढकमक्क फूलेका सयपत्री र मखमली फूलले यति बेला सल्यानका गाउँघर सुन्दर बनेका छन् । गाउँका प्रत्येक टोलका देखि बारी भरी लहरै मखमल र सयपत्री फूल लटरम्म फूलेपछि गाउँ नै सुन्दर देखिएका छन् ।
नेपालमा प्लास्टिकका फूलले बजार ओगटी रहेका बेला सल्यानबाट भने पहिलो पटक मखमली फूलको माला क्यानडा निर्यात भएको छ ।
शारदा नगरपालिका २ जोगिदेउखोलामा सात रोपनी जग्गामा फूल खेती गर्नु भएका मोहन ओलीले जिल्लाबाट पहिलो पटक मखमली फूलको माला विदेश पठाउन सफल भएको बताउनु भयो । क्यानडाबाट पाँच सय मखमली फूलको माला अर्डर भएअनुसार माला पठाइएको उहाँको भनाई छ । उहाँले भन्नु ‘भयो जिल्लामा पहिलो पटक व्यावसायिक पुष्प खेती गरिएको र पहिलो पटक नै विदेशबाट अडर आउँदा व्यवसाय प्रति थप हौसला मिलेको छ ।’
सरकारले प्लास्टिकबाट बनेका मालमा प्रतिबन्ध लगाएसँगै बजारमा सयपत्री र मखमली फूलको माग अत्यधिक बढेको उहाँको भनाई छ । विदेश देखि बाह्र जिल्लाबाट समेत फूलका लागि माग भएपनि जिल्लाभित्र नै माग अनुसार पु¥याउन नसकेको वलीले बताउनु भयो । उहाँले भन्नु भयो ‘केही समय अघि बजारमा प्लास्टिकका माला छ्यापछ्याप्ती थिए । आफूले उत्पादन गरेको फूल बिक्री हुदैनकी भनेर चिन्ता थियो तर अहिले पु¥याउन नसकेर अडरकर्ता रिसाउँछन् कि भन्ने चिन्ता छ ।’
सरकारले पुष्प खेती गर्ने किसानहरूलाई मल, बीउको सहज व्यवस्था गर्न सक्ने हो भने नेपाललाई फूलमा आत्मनिर्भर बनाउन सकिने वलीको भनाई छ ।





.jpg)