ट्रेण्डिङ

होमपेज / अर्थ

लगानी अनुसारको प्रतिफल नआएपछि धमाधम बन्द हुँदै सल्यानका उद्योग

  सल्यान खबर डेस्क २०७९ भाद्र १५ गते बुधबार १७:५३:४४ मा प्रकाशित

भदौ १५,सल्यान 

व्यवसाय प्रवर्द्धन हुन नसकेपछि सल्यानका उद्योग व्यवसाय धमाधम बन्द हुन थालेका छन् । दर्ता भई सञ्चालन रहेका  व्यवसाय बन्द गर्नेको सख्या बढेको सरकारी तथ्याङ्कले देखाएको छ । 

उद्योग व्यवसाय चल्न नसकेपछि, व्यवसायीहरूले दर्ता गरेका उद्योगको लगत कट्टा गर्न थालेका छन् । एक करोड लगानीमा सल्यानको शारदा नगरपालिका १ श्रीनगरमा २०७० सालमा सञ्चालनमा आएको साबुन उद्योग विगत दुई वर्ष देखि बन्द छ । विश्वभर फैलिएको कोरोना महामारीका कारण बन्द भएको उद्योग अझै सञ्चालनमा आउन सकेको छैन । उद्योग सञ्चालन गर्दा लिएको ऋण तिर्न नसक्ने भएपछि विदेश जाने योजनामा रहेको साबुन उद्योग सञ्चालक प्रकाश बुढाथोकीले बताए । उहाँले भन्नु भयो उद्योग सञ्चालन गरेको केही महिना पछि नै कोरोनाका कारण लकडाउन भयो । सुरुका केही दिन राम्रै चले पछि कोरोना पछि बन्द भएको उद्योग अहिलेसम्म सञ्चालन गर्न सकिएको छैन । 

उद्योग सञ्चालनका लागि लगेको ऋण अब उद्योग सञ्चालन गरेर पनि तिर्न सक्ने अवस्था नभएपछि विदेश पलायन हुने सोचमा रहेको बुढाथोकीको भनाई छ । 

यस्तै २०७४ मा नुवाकोटका सुमन तामाङले पनि करिब २० लाख लगानीमा श्रीनगरमा सञ्चालन गरेको कपास उद्योग बन्द जस्तै छ । लगानी गरे अनुसारको प्रतिफल हात नपरेपछि सबै छोडेर विदेश जाने सोचमा रहेको तामाङको भनाई छ । उहाँले भन्नु भयो एक दुई रुपैयाँ आम्दानी होला भनेर लगानी गरियो तर सोचे भन्दा कम आम्दानी भएपछि समस्या भयो । 

स्थानीय सरकारले स्थानीय उद्योगले उत्पादन गरेको वस्तुको बजारीकरणमा ध्यान दिनु भयो सल्यान उद्योग वाणिज्य सङ्घ सल्यानका अध्यक्ष कुमार बुढाथोकीले बताउनु भयो । 

उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय सल्यानमा हालसम्म जिल्ला ३ हजार २ सय उद्योग दर्ता भएका छन् । तर विगत पाँच वर्षको अवधिमा २ सय ६७ उद्योग बन्द भएको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय सल्यानका प्रमुख नृपजंग शाहीले बताउनु भयो । उद्योगहरू धमाधम बन्द हुँदा तालिम प्राप्त जनशक्ति बेरोजगार बन्न थालेको कार्यालयको भनाई छ । कार्यालय गत वर्ष ५ सय ७७ जनालाई सिपमूलक तालिम प्रदान गरेको मध्ये मुस्किलले ४० प्रतिशतले मात्र रोजगारी भएको शाहीको भनाई छ 

प्रतिक्रिया

सम्बन्धित खवर

Top