ट्रेण्डिङ

होमपेज / अर्थ

शारदा नगरपालिकाद्वारा किसानलाई बाख्रा वितरण

  सल्यान खबर डेस्क २०७९ असार १४ गते मंगलबार १८:२४:०७ मा प्रकाशित

१४ असार, सल्यान
सल्यानको शारदा नगरपालिकाले  स्थानीय र उन्नत जातका बाख्रा र अन्य सामाग्री वितरण गरेको छ । नगरपालिकाको वडा नम्बर ९ का ३० जना किसानलाई बाख्रा र सामाग्री वितरण गरेको हो ।

१०९ वटा खरी जातका  बाख्रा, ४ वटा बोयर बोका, ६ वटा जमुनापारी जातका बोका नगरपालिकाले किसानलाई वितरण गरिएको छ  ।
शारदा नगरपालिकाका नगर प्रमुख प्रकाश भण्डारीले किसानलाई बाख्राका साथै औषधी र आवश्यक कृषि जन्य सामाग्री हस्तान्तरण गर्नुभएको हो । प्रदेश सरकार अन्तर्गत पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानबाट १५ लाख शारदा नगरपालिकाबाट साढे ४ लाख र कृषकको ५ लाख ८५ हजार गरी कुल २६ लाख ३५ हजारका बाख्रा तथा कृषि सामाग्री हस्तान्तरण गरिएको छ ।

एक स्थानीय तह एक पशु बस्तु उत्पादन कार्यक्रम अन्तर्गत प्रगतिशिल साना किसान कृषि सहकारी संस्थामा आवद्ध ३० जना किसानयो कार्यक्रमबाट लाभान्वित भएका हुन ।
बाख्रा वितरण कार्यक्रममा बोल्दै शारदा नगरपालिकाका प्रमुख प्रकाश भण्डारीले नगरवासीको जीवनशैली सुधार गर्न तथा व्यवसाय मुखी बन्न किसानलाई बाख्रा वितरण गरिएको बताउनु भयो । तर धेरै ठाँउमा सरकारको अनुदानको सही सदुपयोग नभएकोले यसको लागि नगरपालिकाले अनुगमन समेत गर्ने बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top