ट्रेण्डिङ

होमपेज / अर्थ

कपुरकोट गाउँपालिकाले ल्यायो झण्डै साढे ४५ करोड बराबरको बजेट

  सल्यान खबर डेस्क २०७९ असार १० गते शुक्रबार १९:३३:४२ मा प्रकाशित

सल्यान, १० असार ।

सल्यानको कपुरकोट गाउँपालिकामा झण्डै साढे ४५ करोड बराबरको बजेट प्रस्तुत भएको छ । एघारौं गाउँसभाको दोश्रो बैठकमा गाउँपालिकाका उपाध्यक्ष एवम बजेट तथा कार्यक्रम तर्जुमा समितिका संयोजक प्रकाश भण्डारीले आर्थिक बर्ष २०७९÷०८० को लागि ४५ करोड ४६ लाख ५५ हजार रुपैया बराबरको अनुमानित बजेट प्रस्तुत गरेका हुन ।

गाउँसभाका अध्यक्ष दुर्गा बहादुर पुनको अध्यक्षतामा भएको गाउँसभा बैठकमा उपाध्यक्ष भण्डारीले पेश गरेको अनुमानित बजेटमा चालू तर्फ ५२ प्रतिशत र पुजिगत तर्फ ४८ प्रतिशत बिनियोजन गरिएको छ । कुल बजेटको २३ करोड ६४ लाख ३५ हजार चालुतर्फ र २१ करोड ८२ लाख २० हजार रुपैया विनियोजन गरिएको प्रमुख प्रशासकीय अधिकृत भरत कुमार वलीले जानकारी दिए ।

उपाध्यक्ष भण्डारीले प्रस्तुत गरेको बजेटमा आर्थिक बिकास तर्फ ६ करोड ८१ लाख ९८ हजार २५०, सामाजिक बिकास तर्फ १३ करोड ६३ लाख ९६ हजार ५००, पूर्वाधार विकास तर्फ १९ करोड ६३ लाख ९६ हजार १०० रुपैयाँ विनियोजन गरिएको छ । यस्तै वातावरण तथा विपद व्यवस्थापन तर्फ ४ करोड ५४ लाख ६५ हजजार ५००, वित्तिय व्यवस्थापन तर्फ १ करोड ३६ लाख ३९ हजार ६५० रुपैया रहेको छ ।

एकिकृत कृषि विकासका माध्ययमबाट तरकारी खेती, पशुपंक्षी पालन, दुध उत्पादन र फलफुल खेतीलाई पूर्ण व्यवशायीकरण गरी उत्पादनमा आधारीत अनुदात तथा लागत कार्यक्रम संचालनलाई बजेटमा प्राथमिकतामा राखिएको छ । यस्तै विद्युतीकरण, उद्यम तथा रोजगारी श्रृजना, युवा परिचालन, सडक, खानेपानी, सिंचाइको पहुँच बृद्धि, विद्यालयको भौतीक पूर्वाधार, लक्षित वर्गको आर्थिक शशक्तिकरण जस्ता विवषयलाई प्राथमिकतामा राखिएको छ ।

कपुरकोट गाउँपालिकाको बजेटमा रकम व्यहोर्ने श्रोतहरुमा संघीय र प्रदेश समानीकरणबाट १० करोड १३ लाख ३४ हजार, संघीय र प्रदेश शसर्त अनुदानबाट १७ करोड ८९ लाख ४० हजार, संघीय र प्रदेश राजस्व बााडफाडबाट ८ करोड ७६ लाख १ हजार रहेको छ । यस्तै संघीय र प्रदेश विशेष अनुदान तर्फ ३ करोड ५८ लाख २० हजार, अनुदान तर्फ २ करोड रहेको छ भने आन्तरिक राजस्व ५० लाख, आन्तरिक वचतबाट २ करोड ५८ लाख, मुख्यमन्त्री रोजगार कार्यक्रम तर्फ १ करोड २० लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । गाउँसभामा पेश भएको बजेट तथा विभिन्न विधेयकमाथी दफावार छलफल गरेर आगामी असार २० गते बस्ने गाउँसभाको अर्काे बैठकबाट पारित गर्ने तयारी रहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top