ट्रेण्डिङ

होमपेज / अर्थ

सल्यानका स्थानीय तहका नीति तथा कार्यक्रम: एकीकृत कृषि विकास कार्यक्रम देखि एक बच्चा जन्मिए दुई बिरुवा रोपणसम्म

  सल्यान खबर डेस्क २०७९ असार १० गते शुक्रबार १३:१७:०४ मा प्रकाशित

असार १०,सल्यान 

सल्यानको कपुरकोट गाउँपालिकाले कृषि क्षेत्रको उत्पादनको आधारमा अनुदान दिने भएको छ । तरकारी खेती, पशुपंक्षीपालन तथा बागवानीको समग्र विकासका लागि उत्पादनका आधारमा अनुदान दिने नीति गाउँपालिकाले ल्याएको हो । 

गाउँपालिकाको ११ औँ गाउँभामा  आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । एकीकृत कृषि विकास कार्यक्रम सञ्चालन देखि हरेक किसानलाई समूह तथा सहकारीमा आबद्ध गरी कृषि उत्पादनका आधारमा अनुदान दिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।  

पालिकाले अर्ग्यानिक तरकारी खेतीका लागि पनि अनुदान  दिने नीति ल्याएको छ । व्यावसायिक कृषि विषयलाई समेटेर स्थानीय पाठ्यक्रम समेत निर्माण गरिने उल्लेख गरिएको छ ।

यस्तै छत्रेश्वरी गाउँपालिकाले एक बच्चा जन्मँदा २ बिरुवा रोप्ने नीति ल्याएको छ । वन वातावरण संरक्षण गर्न पालिका भित्र एक बच्चा जन्मिए दुई बिरुवा रोप्नु पर्ने नीति ल्याएको छ । शिक्षालाई प्रविधिसँग जोड्न एक शिक्षक एक ल्यापटपको अवधारणा अनुसार ५ वर्ष भित्र गाउँपालिका सबै शिक्षकलाई ल्यापल्याप कम्प्युटर वितरण गरिने र बालबालिकासँग अध्यक्ष कार्यक्रम मार्फत शैक्षिक सुधारका कार्यक्रम पनि समेटिएको छ  । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top