होमपेज / अर्थ
असार ५,सल्यान
सल्यानको कपुरकोट गाउँपालिका ३ दमारगाउँका थमन गिरीले व्यावसायिक तरकारी खेतीबाट मनग्य आम्दानी गर्दै आइरहनु भएको छ । १० वर्ष मलेसिया बिताउनु भएका उहाँले अहिले स्वदेशमै वार्षिक ९ लाखसम्म आम्दानी गर्दै आइरहनु भएको छ ।
उहाँले आफ्नै २० रोपनी जमिनमा मौसमी तथा बेमौसमी तरकारी खेती गरिरहनु भएको छ । २० रोपनीमा १९ वटा फलामका र १७ वटा काठका प्लास्टिक घर निर्माण गरी बेमौसमी तरकारी खेती गरी रहेका छन् । बाँकी ५ रोपनीमा खुल्ला खेती गरी रहेको उहाँको भनाई छ । वर्षातको समयमा तराई टमाटरको अत्यधिक माग हुने भएकाले उनले अधिंकास जमिनमा टमाटर लगाएका छन् । बाँकी क्षेत्रमा बन्दागोपि र भिडे खुर्सानी लगाएका छन् । उनले भने ‘वर्षाको समयमा तराईमा डुबान पर्ने भएकाले टमाटरको माग धेरै हुने गरेको छ । त्यसैले मैले धेरै जमिनमा टमाटर लगाएको छु ।’
यो वर्ष तरकारीले पनि राम्रो मूल्य पाएको उनको भनाई छ । हाट बजारबाट टमाटर र बन्दा प्रतिकिलो ६० देखि ६५, भिडे खुर्सानी ७० देखि ७५ किलोसम्म बिक्री भइरहेको उहाँको भनाई छ । 
विगतमा वार्षिक ९ लाखसम्म आम्दानी गर्दै आइरहनु भएका गिरीले यो वर्ष भने वार्षिक ३० लाखसम्म आम्दानी गर्ने लक्ष्य राखेको बताउनु भयो । गत वर्षतिर थोरै क्षेत्रफलमा तरकारी खेती गरेको बताउँदै उहाँले यो वर्ष २० रोपनीमा तरकारी खेती गरेकाले ३० लाखसम्म आम्दानी हुने अनुमान गरेको उहाँको भनाई छ ।





.jpg)