ट्रेण्डिङ

होमपेज / अर्थ

असिना पानीले सल्यानको कपुरकोटमा २ करोड बराबरको क्षति

  सल्यान खबर डेस्क २०७९ जेठ १९ गते बिहीबार १५:५६:४६ मा प्रकाशित

जेठ १८,सल्यान

सल्यानको कपुरकोटमा परेको असिना पानीले दुई करोड बराबरको तरकारी तथा फलफूलमा क्षति पुर्‍याएको छ ।

 बाक्लो असिना पानीका कारण सुन्तला, बेमौसमी तरकारी र नर्सरी ब्याड नष्ट भएको हो । असिना पानीका कारण १ करोड ९२ लाख ६० हजार १ सय ८० रुपैयाँ बराबरको क्षति भएको कपुरकोट गाउँपालिका कृषि शाखाले जनाएको छ । 

गत बिहीबार  आएको असिना पानीले १९ किसानले राखेको नर्सरी ब्याडमा १ लाख ३२ हजार ५०० रुपैयाँ, तरकारी खेती गरेका ९५ किसानको ९८ लाख ४० हजार ४ सय ३० रुपैयाँ र ६५ किसानको सुन्तलामा ९२ लाख ८७ हजार २ सय ५० रुपैयाँ बराबरको क्षति भएको कृषि शाखा प्रमुख टिका कुमारी राईले जानकारी दिनु भयो । 

असिना पानीले विशेष गरी वडा न ४ को रावत टोल, गाडा पानी, चिन्नेखोलामा क्षति गरेको उनको भनाई छ । वडाबाट मुचुल्का उठाउने काम भइरहेकाले क्षतिको विवरण बढ्ने सक्ने उहाँको भनाई छ । उहाँले भन्नु भयो वडा र पालिकामा आएर किसानहरूले निवेदन दिइरहनु भएको छ । क्षतिको विवरण उत्पादनको हिसाबले गरी रहेका छौँ । 

कपुृरकोट क्षेत्र मौसमी तथा बेमौसमी तरकारी खेतीका लागि प्रख्यात रहेको छ । आम्दानीको मुख्य स्रोत तरकारी तथा फलफूललाई बनाउँदै गएका कपुरकोटबासी यस पटक भने असिना पानीले क्षति पुर्‍याए पछि चिन्तित बनेका छन् । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top