ट्रेण्डिङ

होमपेज / अर्थ

राप्ती राजमार्ग स्तरोन्नतिका लागि ३ अर्ब १२ करोड बजेट विनियोजन

  सल्यान खबर डेस्क २०७९ जेठ १५ गते आइतबार १८:०१:४९ मा प्रकाशित

जेठ १५,सल्यान 

सरकारले आगामी बजेटबाट राप्ती लोकमार्गको स्तरोन्नति गर्ने भएको छ ।

राप्ती लोकमार्ग अन्तर्गत अमेलिया-तुलसीपुर- सल्यान -रुकुम मुसिकोट सडक र सहिद मार्गको घोराही- थवाङ्ग -मैकोट सडकका लागि तीन अर्ब बजेट विनियोजन गरिएको छ । आइतबार संसद्मा आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जर्नादन शर्माले दुई सडक खण्ड स्तरोन्नति लागि ३ अर्ब बजेट विनियोजन गरिएको बताएका हुन । 

यस्तै मदन भण्डारी लोक मार्गले सल्यानलाई पनि छुने भएको छ । मदन भण्डारी लोकमार्ग रोल्पाबाट दाङ हुँदै लिने की रोल्पा सल्यान हुँदै जाने भन्नेमा लामो समयदेखि विवाद हुँदै आइरहेको थियो । तर आइतबार अर्थमन्त्रीले बजेट भाषणमा मदन भण्डारी लोक मार्गले सल्यानलाई पनि छोएको बताएका छन् । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top