ट्रेण्डिङ

होमपेज / अर्थ

सल्यानबाट १२ करोडभन्दा बढीको कृषिजन्य वस्तु निकासी

  सल्यान खबर डेस्क २०७९ बैशाख १९ गते सोमबार १४:५९:२० मा प्रकाशित

सल्यानबाट चालू आव ०७८/७९ को दुई चौमासिकमा १२ करोड रूपैयाँभन्दा बढीको कृषिजन्य वस्तुको निकासी भएको छ। चालू आवको पहिलो र दोस्रो चौमासिक ८ महिनामा १२ करोड ७ लाख २६ हजार ५५ रूपैयाँको कृषिजन्य वस्तु जिल्ला बाहिर निकासी भएको कृषि विकास कार्यालय सल्यानले जनाएको छ।

कार्यालयका अनुसार जिल्लाबाट टमाटर ११ लाख १० हजार ७ सय ३१ किलो, बन्दा ८ लाख हजार १२ हजार ७ सय २७ किलो, काउली ४ लाख ४२ हजार २ सय ५० किलो, सिमी १ लाख २६ हजार ४ सय ४२ किलो, भिँडे खुर्सानी १ लाख १३ हजार ६ सय २६ किलो, काँक्रो १ लाख ६४ हजार ७ सय २३ किलो, हरियो खुर्सानी १ लाख ३ हजार ८ सय ६१ किलो, मुला १२ हजार ७१ किलो, भान्टा २ हजार ५ सय ४९ किलो‚ अकबरे खुर्सानी ७ हजार १ सय ४५ किलो ताजा तरकारी निकासी भएको कृषि विकास कार्यालय सल्यानका सूचना अधिकारी रेशम कुमार बस्नेतले जानकारी दिए।

चुच्चे करेला २९ हजार २ सय ६६किलो, साग १ लाख २५ हजार किलो, राजमा सिमी ४ हजार ८ सय ३३ किलो, आलु ३ हजार ९ सय ५० किलो, तिते करेला १ हजार ८३ किलो, लोकल सिमी १ हजार किलो, फर्सी ११ सय किलो, खुर्सानी मसिनो २ हजार ८ सय ३० किलो, इस्कुस १२ सय किलो गरी २९ लाख ८२ हजार १ सय ११ किलो कृषिजन्य वस्तु निकासी भएको बस्नेतले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

Top