ट्रेण्डिङ

होमपेज / अर्थ

सल्यानका दश वटै स्थानीय तहले कार्यसम्पादन मूल्याङ्कनमा ६० अंक ल्याउन सकेनन्

  सल्यान खबर डेस्क २०७८ फाल्गुण २२ गते आइतबार १५:४२:४० मा प्रकाशित

 फागुन २२,सल्यान 
राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन  मूल्याङ्कनमा सल्यानका  कुनै पनि स्थानीय तहले ६० अंक ल्याउन सकेका छैनन् ।  जिल्लाका दश स्थानीय तह मध्ये सबैभन्दा बढी अंक शारदा नगरपालिकाले प्राप्त गरेको छ भने सबै भन्दा कम अंक छत्रेश्वरी गाउँपालिकाले प्राप्त गरेको छ ।

शारदा नगरपालिकाको ५९.६६ अंक रहेको छ भने छत्रेश्वरी गाउँपालिकाको ३८.६० अंक रहेको छ । आयोगले सार्वजनिक गरेको कार्यसम्पादन सूचक मूल्याङ्कनमबाट प्राप्त अङक र तथ्याङ्क अनुसार त्रिवेणी गाउँपालिकाले ५५.२९, कालिमाटी गाउँपालिकाले ५४.९८ र कपुरकोट गाउँपालिकाले ५४.२४ अंक प्राप्त गरेका छन् ।
यस्तै सिद्ध कुमाख गाउँपालिकाले ४८.६५, बनगाड कुपिण्डे नगरपालिकाले ४६.४४, दार्मा गाउँपालिकाले ४५.९७, कुमाख गाउँपालिकाले ४५.२३ र बागचौर नगरपालिकाले ४३.६९ अंक प्राप्त गरेका छन् । 

नगरपालिका तर्फ सबै भन्दा बढी शारदा र सबैभन्दा कम अंक बागचौर नगरपालिकाले प्राप्त गरेका छन भने गाउँपालिका तर्फ सबै भन्दा बढी त्रिवेणीले ५५.२९ र सबैभन्दा कम छत्रेश्वरीले ३८.६० अंक प्राप्त गरेका छन् ।

कार्यसम्पादन मूल्याङ्कनका लागि वित्त आयोगले स्थानीय तहका लागि १७ वटा सूचक तय गरेको थियो । जिल्लाका कुनै पनि स्थानीय तहहरुले ६० अंक पनि ल्याउन सकेका छैनन् । आर्थिक वर्ष २०७९/८० का लागि संघीय सरकारबाट स्थानीय तहमा प्रदान हुने समानीकरण अनुदानको रकम यही मूल्याङ्कनको आधारमा सिफारिस हुने बताइएको छ ।


 

प्रतिक्रिया

सम्बन्धित खवर

Top