ट्रेण्डिङ

होमपेज / अर्थ

त्रिवेणी गाउँपालिकाद्धारा कृषकलाई वर्षे घाँसको बिउ वितरण

  सल्यान खबर डेस्क २०७८ फाल्गुण १५ गते आइतबार १८:०२:४५ मा प्रकाशित

फागुन १५,सल्यान 
सल्यानको त्रिवेणी गाउँपालिका पशु सेवा शाखाले व्यावसायिक पशुपालन गर्ने किसानलाई निःशुल्क घाँसको बिउ वितरण गरेको छ ।

आइतबार एक कार्यक्रमका बिच ४० जना किसानलाई ४ क्विन्टल रियोसेन्टी जातको घाँसको बिउ वितरण गरिएको हो । घाँसमा आधारित पशुपालन गरी उत्पादन लागत कम गर्ने उद्देश्यले कृषकलाई घाँसको बिउ वितरण गरिएको पशु सेवा शाखा प्रमुख वसन्त रावतले जानकारी दिए । 

कृषकलाई व्यावसायिक रुपमा पशुपालन गरी दुग्ध उत्पादनलाई बढवा गर्ने, दूधबाटै कृषकहरूलाई आत्मनिर्भर बनाउने गाउँपालिकाको  मुख्य उद्देश्य रहेको गाउँपालिका अध्यक्ष मान बहादुर डाँगीले बताए । कृषि पेशालाई आत्मनिर्भरको रुपमा लिँदै आएका किसानहरुलाई हरियो घाँसमा सहजता प्राप्त होस् भन्दै निःशुल्क रुपमा घाँसको बिउहरु वितरण गरिएको भट्टले जानकारी दिए ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष करुणा खड्का र वडा न ४ का वडाध्यक्ष छविराज शर्माको समेत उपस्थिति रहेको थियो । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top