ट्रेण्डिङ

होमपेज / अर्थ

सल्यानमा ग्लोबल आइएमइको वित्तिय साक्षरता कार्यक्रम सम्पन्न

  सल्यान खबर डेस्क २०७८ पौष ५ गते सोमबार २०:१७:०४ मा प्रकाशित

गोविन्द आभास शर्मा  सल्यान,५ पुस ।

ग्लोबल आई. एमई. बैङ्कले  ग्राहकका लागि सल्यानको श्रीनगरमा सोमबार वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।वित्तीय साक्षरता डिजिटल बैंकिङ्ग सम्बन्धी कार्यक्रम होटेल युनाईटेडमा सञ्चालन गरेको हो ।ग्लोबल आई.एम. बैङ्क सल्यानका शाखा प्रबन्धक सुबोध ज्ञवालीको अध्यक्षता रहेको कार्यक्रममा चिफ अफ कन्ट्री अपरेसन अनामिका सिंहको सहजीकरण रहेको थियो भने प्रशिक्षण विजय सापकोटाले दिएका थिए ।

यस्ता कार्यक्रमहरु देशव्यापी रुपमा चलिरहेकोले ग्राहकहरूलाई समेत सहज हुने प्रशिक्षणमा बताइएको थियो।त्यस्तै कार्यक्रममा बैङ्क स्थापनाको १५ वर्षमै देशको सबैभन्दा बढी पुँजी भएको नं १ बैङ्क भएको जानकारी  चिफ अफ कन्ट्री अपरेसन अनामिका सिंहले जानकारी दिइन ।  उनले ग्राहकको विश्वासका कारण नै आज बैङ्क देशकै ठुलो बैङ्क भएकोमा खुसी व्यक्त गर्दै आफ्ना ग्राहकलाई प्रविधिमैत्री बनाउँदै लैजान देशका विभिन्न ठाउँमा वित्तीय साक्षरता र डिजिटल बैङ्किङ सम्बन्धी कार्यक्रम गर्दै हिँडेको बताइन।

बैङ्कले सञ्चालनमा ल्याएको ग्लोबल स्मार्ट प्लस मोबाइल एप्लिकेसनको प्रयोग, यसको सुरक्षा र प्रयोगबारे बैङ्कका कर्मचारी विजय सापकोटाले प्रस्तुति दिएका थिए।

ग्राहकहरुलाई बैङ्कमा झन्झट बढी हुने र घरबाटै मोबाइल एपको प्रयोग गरेर बैङ्कको सेवा लिन सकिने विषयमा प्रस्ट परिएको थियो ।कार्यक्रममा सल्यान उद्योग वाणिज्य सङ्घ सल्यानका अध्यक्ष कुमार बुढाथोकी,महासचिव मोहन सारू,क्षत्रेश्वरी गाउँपालिकाका अध्यक्ष सन्तोष के सी, लगायत स्थानिय व्यापारीहरू गरी ९० जनाको  उपस्थिति रहेको थियो ।कार्यक्रमको समापन शाखा प्रबन्धक सुबोध ज्ञवालीले गरेका हुन ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top