ट्रेण्डिङ

होमपेज / अर्थ

कुपिण्डे ताल साना किसान कृषि सहकारी सस्था लि.दोस्रो साधारण सभा सम्पन्न

  सल्यान खबर डेस्क २०७८ पौष ३ गते शनिबार १८:४४:३५ मा प्रकाशित

पदम थापा पुस ३,सल्यान 

कुपिण्डे ताल साना किसान कृषि सहकारी संस्था लि. दोस्रो साधारण सभा सम्पन्न भएको छ । सल्यानको बनगाड कुपिण्डे नगरपालिका ८ मा रहेको सहकारीको दोस्रो साधारण सभा शनिवार सम्पन्न भएको हो । 

कार्यक्रमका प्रमुख अतिथि बनगाड कुपिण्डे नगरपालिकाका उपमेयर मञ्जु यरीले  सहकारी संस्थाहरूले स्थानीय कृषि पेसामा आबद्ध कृषकहरूका लागि लगानीमा जोड दिनुपर्ने बताउँदै यसका लागि साना किसान कृषि सहकारी संस्थाको योगदान महत्त्वपूर्ण रहेकोमा प्रशंसा गरिन । साना किसान कृषि सहकारीले यस क्षेत्रमा रहेका स साना किसानहरूको पुजिलाई सङ्कलन गरी उनीहरूको जीवनस्तर सुधार गर्नमा महत्त्वपूर्ण भूमिका खेल्नु पर्ने बताइन । 

साना किसान कृषि विकास बैङ्क सुर्खेतका श्री राजेन्द्र भण्डारीले सहकारी सञ्चालन गर्न त्यति सहज नभएकाले संस्थालाई दिगो र बलियो बनाउनका लागि सबै शेयर सदस्यहरूको समान जिम्मेवारी रहने बताए । उनले सहकारीमा आबद्ध भएर खाली बचत गर्ने र ऋण लिने नगरी भविष्यका लागि सोचेर केही नयाँ कामको थालनी गर्नुपर्ने बताए । सहकारी किसानहरूको खेती जस्तो रहेको हुँदा आफ्नो खेतीको हेरचाह पनि आफैले गर्नुपर्ने भन्दै उनले शेयर सदस्यहरूलाई आफूले गरेको लगानी बारेमा सदैव चनाखो हुन आग्रह गरे ।

नेपाल कृषि सहकारी सङ्घ का कर्नाली प्रदेश संयोजक सेर बहादुर परियारले वास्तवमा किसानहरू साना नभई सबैभन्दा ठुला भएको बताए । उनले किसान र मजदुरहरूको मेहनत र परिश्रमले नै राज्यका सबै तहहरू सञ्चालन भई रहेको बताए ।

४५९  शेयर सदस्य रहेको सहकारीमा  ८,१४४०० रुपैयाँ  निक्षेप ३३,००००० कुल लगानीमा  रहेको रकम ८४,७५०७५ रहेको छ र चाडै रेमिटेन्स स्थापना गर्ने प्रबन्धक शेरजङ कँवरले जानकारी दिए । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top