होमपेज / अर्थ
पुस २,सल्यान
आफ्नै गाउँ ठाउँमा बाख्रा पालन गरी सल्यानका दीपेन्द्र रेउलेले मनग्य आम्दानी गर्न सफल भएका छन् ।
जिल्लाको कालिमाटी गाउँपालिकका –१ लक्ष्मीपुरका दीपेन्द्र रेउलेले गाउँमा सुरु गरेको बाख्रा पालनबाट अहिले वार्षिक ६ लाखभन्दा बढी आम्दानी गर्न सफल भएका छन् । धेरै युवाहरू रोजगारीका लागि विदेश पलायन भइरहँदा रेउलेले भने स्वदेशमै राम्रो आम्दानी गर्दै आइरहेका छन् ।
स्थानीय र उन्नत जानका गरी ८० वटा बाख्रापाल्दैै आएका उनले पैसा कमाउनकै लागि विदेश जानु नपर्ने बताए । स्थानीय जातको भन्दा बोयर जातका बाख्राबाट राम्रो आम्दानी हुँदै आइरहेको उनको भनाई छ । ‘बाख्रा पालनबाट मनग्य आम्दानी हुँदो रहेछ’, उनले भने ‘गाउँघरमै उद्यम गरे परिवारसँगै बस्न पाइएको छ ।’
दीपेन्द्र व्यावसायिक बाख्रा फर्म सञ्चालन गर्दै आएका रेउलेले आफू बाख्रा पालनबाट निकै खुसी भएको बताए ।
यस्तै कालिमाटी गाउँपालिका –४ साल टाकुराका दुर्गा बहादुर खत्रीले पनि व्यावसायिक बाख्रा पालनबाट राम्रो आम्दानी गर्दै आइरहेका छन् । स्थानीय खरी जातका बाख्रा पाल्दै आइरहेका खत्रीले वार्षिक ४ लाख आम्दानी हुँदै आइरहेको बताए । सुरुका वर्षमा लगानी उठाउन गाह्रो भएपनि अहिले भने सबै खर्च कटाएर चार लाख आम्दानी हुँदै आइरहेको उनको भनाई छ ।
लकडाउनका समयमा बजार बन्द हुँदा बजारीकरणमा समस्या भएपनि अहिले बजारको कुनै समस्या नभएको खत्रीको भनाई छ । व्यापारीहरू नै घर घरमा किन्न आउने भएकाले बिक्री वितरण गर्न समस्या नभएको उनले बताए । उनले भने ‘बाख्रा पालनबाट आएको आम्दानीले घर खर्च देखि छोराछोरी पढाउनेसम्म यसैबाट हुँदै आइरहेको छ ।’ घरका सबै सदस्य व्यवसायमा संलग्न रहेको बताउँदै उनले अब स्थानीय जातका बाख्रालाई बिस्तारै विस्थापित गर्दै उन्नत जातका थप्ने सोच बनाएको बताए ।
बाख्रा पालनका लागि यो क्षेत्र निकै अनुकूल भएको बताए । पछिल्लो समय बढ्दै गएको बेरोजगारीका समस्यालाई समाधान गर्नका लागि आफ्नो ठाउँ र सो अनुसारको वातावरणमा लगानी गर्न सके आत्मनिर्भरता बढ्दै जाने उनी बताउँछन् ।
सल्यानबाट महिनामा दुई सय देखि तीन सयसम्म खसी बोका जिल्ला बाहिर निर्यात हुने गरेको पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानले जनाएको छ । कार्यालयका अनुसार सल्यानमा झन्डै ४ लाख बाख्रा रहेका छन् ।





.jpg)