होमपेज / अर्थ
२ चैत ,सल्यान
शनिबार राती आएको असिना पानीले सल्यानमा लाखौं मुल्य बराबरको तरकारी नष्ट भएको छ । कपुरकोट गाउँपालिकाका सम्पूर्ण वडामा असिनापानीले लाखौं रुपैया बराबरको तरकारी तथा फलफूलमा क्षति पु¥याएको हो ।
कपुरकोट बेमौसमी तरकारीको लागि परिचित छ । आम्दानीको मुख्य स्रोतको रुपमा रहेका तरकारी असिनापानीले पूर्ण रुपमा नष्ट गरेको किसान ओज बहादुर खड्काले बताए । तीन रोपनी जमिनमा लगाएको लसुन सखाप भएको उनले बताए ।
यस्तै कपुरकोट ३ पाखापानीका किसान भीम बहादुर बढाले आफ्नो १ लाख ५० हजार बढीको तरकारीमा क्षति पुगेको बताए । उनले भने हाम्रो मुख्य पेशा भनेकै यहि तरकारी खेती थियो । ६ रोपनीमा लगाएको काउली, टमाटर, केराउ सबै खत्तम भयो ।
तरकारी खेतीमै निर्भर रहेका कपुरकोट क्षेत्रका किसानलार्य असिनापानीले ठुलो क्षति पु¥याएपछि परिवार कसरी पाल्ने भन्ने चिन्ताले पिरोल्न थालेको कपुरकोट ५ का किसान टोपेन्दै केसीले बताए । गतवर्ष पनि क्षति व्यहोरेका किसानहरुले स्थानीय सरकार तथा राज्यबाट कुनै पनि राहत पाउन नसकेको किसानहरुले गुनासो गरेका छन् ।





.jpg)