ट्रेण्डिङ

होमपेज / अर्थ

आरम्भ चौतारीको ५२ जिल्लामा १४९ शाखा

  सल्यान खबर डेस्क २०७८ मंसिर १ गते बुधबार ०९:०९:०४ मा प्रकाशित

१ मंसिर । 
आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले देउराली लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गरि मंगलवारदेखि एकीकृत कारोबार सुरु गरेको छ । 

काभ्रेको बनेपा नगरपालिका वडा न. १० मा रहेको आरम्भ चौतरीले रुपन्देहीको बुटवल उपमहानगरपालिका वडां ४ मा रहेको देउरालीलाई प्राप्ती गरेपछि संयुक्त संस्थाको केन्द्रीय कार्यालय बनेपा मै राखिएको छ । 

एकिकृत संस्थाको सेवा अव १४९ शाखा मार्फत् ५२ जिल्लामा पुगेको छ । संस्थामा अव चुक्ता पुजी ३० करोड ६९ लाख भन्दा बढी भएको छ भने सदस्य संख्या ९२ हजार ९१४ पुगेको छ । 

त्यसैगरी ऋणीको संख्या ५२ हजार ९५२ पुगेको प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद शर्माले जानकारी दिए। 
संस्थाले अहिले एक अरव ४७ करोड ६५ लाख ५७ हजार बचत परिचालन गरेको छ भने ५३ अरव २२ करोड ४० लाख ८ हजार कर्जा लगानी गरेको छ । 
एकीकृत कारोबार शुभारम्भ कार्यक्रमका प्रमुख अथिति नेपाल राष्ट्र बैंकका संचालक रामजी रेग्मीले नेपालमा लघुवित्त वित्तिय संस्थाहरुको ठूलो योगदान रहेपनि केही विक्रितीहरु समेत देखिएकाले न्युनिकरण गर्नुपर्नेमा जोड दिए । 
एकिकृत संस्थाका अध्यक्ष जगतबहादुर पोखरेलले देशको सवैभन्दा ठुलो लघुवित्त संस्था बन्नेगरि अगाडी बढी रहेकोले सेवाको गुणस्तर र नतिजामा केन्द्रीत हुन संस्थाका सवैलाई अनुरोध गरे । 

माइक्रोफाइनान्स एसोसिएसनका अध्यक्ष समेत रहेका पोखरेलले लघुवित्त क्षेत्रमा केही नितिगत समस्या समेत रहेकाले हटाउन पहल भइरहेको बताए । 
देशको गरिवि न्युनिकरण गर्न, ग्रामिण अर्थतन्त्र बढाउन, उद्यमशिलता बृद्धि गर्न र अर्थतन्त्रमा महिलाको पहुँच बढाउन लघुवित्त अपरिहार्य रहेको उनको भनाई छ  । 
एकिकृत कारोवार सुरु भएपछि बसेको संचालक समितिकोे बैठकले तत्कालिन देउराली लघुवित्तका अध्यक्ष बिनोद ज्ञवालीलाई संचालकमा नियुक्त गरेको छ ।

आरम्भ चौतारी लघुवित्तका संचालक पुष्पराज ढकालले दिएको राजिनामा पनि बैठकले स्विकृत गरेको छ । त्यसैगरी देउराली लघुवित्तका प्रमुख कार्यकारी अधिकृत शिवप्रसाद ज्ञवालीलाई कम्पनी सचिवमा नियुक्ति गरिएको अध्यक्ष पोखरेलले जानकारी दिए । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top