होमपेज / अर्थ
पदम थापा कात्तिक २७,सल्यान
कुपिण्डेदह बचत तथा ऋण सहकारी संस्था लि.को २३ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाको उद्घाटन सल्यान प्रतिनिधि सभा सदस्य टेक बहादुर बस्नेतले गरेका हुन । उद्घाटन कार्यक्रममा बोल्दै बस्नेतले सहकारीले समाजमा उल्लेख योगदान गरेको बताए ।
सामाजिक उत्पीडनबाट मुक्ति प्राप्त गर्ने साधन र प्राविधिक रुपमा यसलाई एउटा व्यावसायिक कौशलताको रुपमा लिनु पर्ने बताए । देशको सामाजिक र आर्थिक विकासका लागि सहकारीले खेलेको भूमिका महत्वपुर्ण भएको बताउँदै उनले सहकारीहरुले उपलब्ध स्रोत साधनलाई समिति वर्ग वा व्यक्ति विशेषमा मात्र एकीकृत हुन नदिई सबै वर्ग वा व्यक्तिहरुमा समान रुपमा आर्थिक उपलब्धिको वितरण गरिनु पर्नेमा जोड दिए ।
यस्तै बनगाड कुपिण्डे नगरपालिका उपमेयर मन्जु यरीले समुदायका हरेक सदस्यहरुको आर्थिक,सामाजि, न्यायिक, शैक्षिक विकासमा सहकारीले प्रमुख भूमिका निर्वाह गरेको भएर नेपाल सरकारले यसलाई अर्थतन्त्रको एउटा खम्बाको रुपमा लिएको बताइन । मानिसमा सहयोग,एकता, इमान्दारी, स्वावलम्बन, सामाजिक दायित्वको भावना जस्ता मानविय गुणहरु पनि सहकारीले सिकाउने उनको भनाई छ ।
कार्यक्रममा सहकारीको बचत १३ लाख ९ हजार ७१ रुपैयाँ भएको जानकारी गराइएको छ । कोष हिसाब १३ लाख २५ हजार ९ सय ९, शेयर रकम २ करोड ३१ लाख ९९ हजार, मासिक बचत रकम ३ करोड ५७ लाख ६६ हजार ८ सय ३८ रुपैयाँ रहेको सचिव ध्रुव नेपालीले जानकारी दिए । सहकारीमा अहिले १ हजार एक सय भन्दा बढी शेयर सदस्य रहेको उनको भनाई छ ।





.jpg)