होमपेज / अर्थ
असोज १४,सल्यान
जिल्लाको बनगाड कुपिण्डे नगरपालिकाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याएको छ । झन्डै चार महिना पछि नगरपालिकाले नीति कार्यक्रम र बजेट ल्याएको हो ।
असार १० गतेभित्र ल्याई सक्नु पने संवैधानिक प्रावधान भएपनि जनप्रतिनिधिको आन्तरिक विवादले बजेट आउन सकेको थिएन । जनप्रतिनिधिको विवाद केही समाधान भएपछि नगरपालिकाको नवौँ नगरसभाले बुधबार ७४ करोडको बजेट पारित गरेको छ । चालु तर्फ ६० प्रतिशत र पूजीगत तर्फ ४० प्रतिशत बजेट ल्याएको नगरपालिकाले जनाएको छ । नगर सभाले ७४ करोड २९ लाख २५ हजार बजेट ल्याएको लेखा अधिकृत दिनेश भण्डारीले बताए ।
ढिलै भएपनि जनतामुखी बजेट ल्याएको मेयर गोविन्द पुनले बताए । पर्यटनलाई जोड दिएर शिक्षा, स्वास्थ्य, सडक, खानेपानी र विद्युत लगायतका जनताका आधारभूत विषयलाई प्राथमिकता दिएको पुनको भनाई छ ।
चालु आर्थिक वर्षका लागि विकासे बजेटसँगै लक्षित वर्गलाई सम्बोधन गर्ने खालका विभिन्न कार्यक्रम पनि नीति तथा कार्यक्रममा समावेश गरेको उपमेयर मञ्जु यरीले बताइन ।
स्थानीय तहको निर्वाचन भएयता जनप्रतिधिबिचको विवादले निरन्तरता पाउँदै आएको छ ।





.jpg)