ट्रेण्डिङ

होमपेज / अर्थ

नेपाल विद्युत् प्राधिकरण सल्यानमा ३१ लाख विद्युत् बक्यौता उठाउन बाँकी

  सल्यान खबर डेस्क २०७८ आश्विन ८ गते शुक्रबार १३:५६:२८ मा प्रकाशित

असोज ८,सल्यान: नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र सल्यानले गत आर्थिक वर्ष २०७७/०७८ सम्म ३१ लाख विद्युत् बक्यौता उठाउन बाँकी छ । विद्युत् महसुल समयमा नर्तिने कम्पनी, साना उद्योग, मिलहरू रहेका छन् । 

विगतका वर्षको तुलनामा बक्यौता रकम घटने क्रम चली रहेको भएपनि अझैँ ३१ लाख रकम बक्यौता रहेको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र सल्यानका प्रमुख धर्मपति यादवले जानकारी दिए । 

५ हजार देखी माथि तिरको रकमलाई मात्र जोड्दा ३१ लाख बक्यौता देखिएको उनको भनाई छ । कार्यालयका अनुसार सबै भन्दा धेरै हेला नेपालको १ लाख ४७ हजार, गाउँवेशी सूचना केन्द्रका ७५ हजार, बाल सङ्गठन  सल्यानको २९ हजार रहेको छ । बढी मात्रामा साना तथा मझौला उद्योग र मिलहरू रहेको यादवको भनाई छ । 

कोरोना भाइरस नियन्त्रण तथा रोकथाम गर्न भन्दै जारी गरिएको निषेधाज्ञाले पनि बक्यौता उठाउन समस्या भएको उनले बताए । बक्यौता रकम असुली गर्न पटक पटक पत्राचार गर्नुका साथै केहीको लाइन समेत काटिएको उनको भनाई छ । कार्यालयमा कर्मचारीको अभाव हुँदा अहिले लाइन काट्न नसकिएको उनको भनाई छ । 

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top