होमपेज / अर्थ
भदौ २०,सल्यान
सल्यानबाट गत आर्थिक वर्ष २०७७/०७८ मा ७३ करोड बढीको कृषि जन्य उपज निर्यात भएको छ । कृषि विकास कार्यालय सल्यानका अनुसार गत आ.व. मा ७३ करोड ५९ लाख ११ हजारको कृषि जन्यबस्तु निकासी भएको हो ।
जिल्लाबाट सबैभन्दा धेरै अदुवा १५ हजार ८ सय ७२ मेटिक्टन निकासी भएको छ । जसबाट ३६करोड ५३ लाख रुपैयाँ जिल्ला भित्रिएको छ । यस्तै ताजा तरकारी ८ हजार ५ सय ५० मेटिक्टनबाट २० करोड ५२ लाख रुपैयाँ किसानले हात पारेको कृषि विकास कार्यालय सल्यानका सूचना अधिकारी रेशम कुमार बस्नेतले जानकारी दिए ।
गत आ.व.मा बेसार १०४१ मेटिक्टनबाट २ करोड ६९ लाख, , वर्षे आलु १५७० मेटिक्टनबाट ५ करोड, मह २ दशमलव बाट २१ लाख भित्रिएको छ । यस्तै २९ लाख २५ हजार, भटमास ४२, सुन्तला १८७०, कोदो ४५मेटिक्टनबाट १२ लाख, र मकै ७३ मेटिक्टनबाट २३ लाख रुपैयाँ भित्रिएको बस्नेतको भनाई छ ।
आ.व. २०७६/०७७ मा ६५ करोडको कृषि जन्यबस्तु निकासी भएकोमा गत वर्ष बढेर ७३ करोड पुगेको उनले बताए । अन्य कृषि जन्यबस्तुको निकासी बढे पनि सुन्तला र महको उत्पादन भने वसेर्नी घट्दै गएको उनको भनाई छ ।
जलवायु परिवर्तनको असर, सुन्तलाको रुख बुढो हुँदै जानु तथा रोगकिराका कारण सुन्तलाको उत्पादन वार्षिक घट्दै गएको बस्नेतले बताए । आ.व. २०७६÷०७७ मा २७ करोडको सुन्तला निकासी भएकोमा गत वर्ष ७ करोड ८५ लाखको मात्र निकासी भएको छ ।





.jpg)