ट्रेण्डिङ

होमपेज / अर्थ

सल्यानबाट सात लाख बढी जडीबुटी निकासी

  सल्यान खबर डेस्क २०७८ भाद्र १० गते बिहीबार १४:५७:४६ मा प्रकाशित

 भदौ १०,सल्यान 

सल्यानबाट गत आर्थिक वर्ष २०७७/०७८ मा विभिन्न १० प्रजातिका  लाख भन्दा बढी जडीबुटी निकासी भएको छ । जिल्लाका विभिन्न राष्ट्रिय तथा सामुदायिक वन, पाखोबाट संकलन गरिएका ७ लाख ७५ हजार १ सय ७४ किलो जडीबुटी निकासी भएको डिभिजन वन कार्यालय सल्यानले जनाएको छ । 

जिल्लाबाट राष्ट्रिय वन तर्फ टिमुर ८८ हजार किलो, रिठ्ठा २ लाख ३२ हजार ५ सय किलो, तेजपात ६८ हजार ५ सय ५२, घोडेताप्रे ५ सय , बज्रदन्ती २ सय ५ सय, अमला १ हजार किलो, चुत्राको बोक्रा २५ हजार किलो, पाखनभेद ३२ किलो, काउलोको बोक्रा ६ हजार ९ सय ४०, र गोकुलधुप ९ सय किलो गर ४ लाख२९ हजार ९ सय ९२ किलो जडिबुटी निकासी भएको डिभिजन वन कार्यालयका विजय पुलामी मगरले जानकारी दिए । 

यस्तै निजी आवादी तर्फ टिमुर ३ लाख ३८ हजार २ सय ५० किलो र रिठ्ठा ११ हजार किलो निकासी भएको उनको भनाई छ । राष्ट्रिय र आवादीबाट ७ लाख ७५ हजार १ सय ७४ किलो जडीबुटी निकासी भएको कार्यालयले जनाएको छ । 

जिल्लामा राष्ट्रिय वन तर्फ ४ लाख ६४ हजार १ सय ८० किलो जडीबुटी उत्पादन भएको भएपनि ४ लाख २५ हजार ९ सय २४ किलो निकासी भएको छ । ३८ हजार २ सय ५६ किलो जडीबुटी निकासी हुन बाँकी रहेको उनको भनाई छ ।  जिल्लामा करोडौं मूल्यका जडीबुटी उत्पादन भएर निर्यात भए पनि जडीबुटी संरक्षण तर्फ भने सरोकारवालाको ध्यान दिएको पाइदैन । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top