ट्रेण्डिङ

होमपेज / अर्थ

सल्यानका स्थानीय तहको बेरुजु ५४ करोड बढी

  सल्यान खबर डेस्क २०७८ भाद्र ९ गते बुधबार ११:४६:१४ मा प्रकाशित

भदौ ९,सल्यान 

महालेखा परीक्षकको प्रतिवेदन अनुसार जिल्लामा ५४ करोड बढी रुपैयाँ बेरुजु देखिएको छ । महालेखाको ५८ औँ वार्षिक प्रतिवेदन अनुसार जिल्लाका ३ नगरपालिका र ७ गाउँपालिकामा ५४ करोड ४० लाख ८७ हजार रुपैयाँ बेरुजु निस्किएको हो । 

सबैभन्दा बढी सिद्ध कुमाख गाउँपालिका र सबैभन्दा कम त्रिवेणी गाउँपालिकामा बेरुजु देखिएको छ । ५३ करोड २३ लाख ४५ हजार रुपैयाँको लेखा परीक्षण गरिएकोमा सिद्ध कुमाख गाउँपालिका  ४ करोड ९३ लाख ७ हजार बेरुजु रहेको छ । यो लेखा परीक्षण गरिएको कुल बजेटको ९.२८ प्रतिशत हो । त्रिवेणी गाउँपालिकाको बेरुजु २ करोड २१ लाख १७ हजार अर्थात् ३.४७ प्रतिशत हो । 

कपुरकोट गाउँपालिकामा ४ः २० प्रतिशत बेरुजु देखिएको छ । ६६ करोड ७१ लाख २१ हजारको लेखा परीक्षण गर्दा २ करोड ७९ लाख ९१ हजार बेरुजु फेला परेको छ । ७५ कराेड ८९ लाख ३२ हजारको लेखा परीक्षण गराउँदा कालिमाटी गाउँपालिकाको ३ करोड ९६ लाख ४८ हजार बेरुजु देखिएको छ । कुमाख गाउँपालिकाको ६ करोड ४७ लाख २ हजार बेरुजु देखिएको छ । जुन लेखा परीक्षण गरिएको बजेटको ७ः ७२ प्रतिशत हो । 

छत्रेश्वरी गाउँपालिकाको ८ करोड ९२ लाख २ हजार , दार्मा गाउँपालिकाको ४ करोड ८९ लाख २ हजार बेरुजु रहेको छ ।

यस्तै बनगाड कुपिण्डे नगरपालिकामा ५ करोड ३५ लाख ९३ हजार , बागचौर नगरपालिकामा ९ करोड ७४ लाख २ हजार र शारदा नगरपालिकाको ८ करोड ४० लाख ८४ हजार बेरुजु देखिएको छ । 

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top