ट्रेण्डिङ

होमपेज / अर्थ

सल्यानमा झण्डै २ करोड लिटर दूध उत्पादन

  सल्यान खबर डेस्क २०७८ भाद्र ३ गते बिहीबार १६:२०:३६ मा प्रकाशित

भदौ ३,सल्यान
गत आर्थिक वर्ष सल्यानमा झण्डै दुई करोड लिटर दूध उत्पादन भएको छ । पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानका अनुसार १ करोड ९१ लाख ६२ हजार लिटर दुध उत्पादन भएको छ । 

कार्यालयका अनुसार जिल्लामा १९ हजार १ सय ६२ मेटिक्टन दूध उत्पादन भएकोमा १७ लाख ३ हजार लिटर जिल्ला बाहिर निकासी भएको छ । १७ लाख ३ हजार दूध निकासीबाट ९५ लाख १५ हजार रुपैयाँ भित्रिएको कार्यालय प्रमुख कपिल प्रसाद उपाध्यायले जानकारी दिए । 

सल्यान जिल्ला पछिल्लो समय दूधमा आत्मनिर्भर भएको उनको भनाई छ । जिल्लामा वार्षिक १८ हजार ९ सय ९८ मेटिक्टन दूध जिल्लामै खपट हुने गरेको उनको भनाई छ । हिउँको समयमा केही दूधको उत्पादन घटे पनि अन्य समयमा भने दूध प्रयाप्त हुने गरेको उपाध्यायले बताए । 

दूध उत्पादन वृद्धि  गर्न कार्यालयले शारदा नगरपालिका, त्रिवेणी गाउँपालिका, बागचौर नगरपालिका र दार्मा गाउँपालिकालाई दूध कपेट क्षेत्र घोषणा गरेको छ । स्थानीय तहहरुले अनुदानको कार्यक्रम सञ्चालन गरेका कारण पनि दूध उत्पादन बढेको उनको भनाईल छ । 
  
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top