होमपेज / अर्थ
फागुन २३, सल्यान
कालिमाटी गाउँपालिका स्थित घुइयाबारी र ¥याङको तीन हजार हेक्टर खेतीयोग्य जमिन सिचाई बाँझै रहेको छ । ६० प्रतिशत निमार्ण सकिएको योजना २०७१ साउनमा आएको बाढीले क्षति पु¥याए पछि खेतीयोग्य जमिन बाँझै भएको हो । १० करोड रुपैया खर्च गरेको योजना खर्च भई सकेपनि नहर नबन्दा सात सय घरधुरीका किसान सिचाई समस्या भोग्न बाध्य भएका छन् ।
बाढीका कारण नहरको अधिकांस भाग पुरिएको र योजना मर्मतका लागि बजेट माग गरिए पनि बेवास्ता भएको किसान पूर्ण सिजालीले बताए । उृनले भने सिचाई भए वर्षमा तीन बाली लगाउन सकिन्थ्यो । आफुले उत्पादनगरेको अन्नले वर्षभरी खान पुग्थ्यो तर सिचाई सुविधा नहुँदा खेतीयोग्य जमिन बाँझै छ ।
सिचाई नहर निमार्ण गर्दा एक महिना भन्दा बढी श्रमदान गरेका स्थानीय यतिबेला भने निकै निरास रहेका छन् । सवैभन्दा ठुलो विकास सिचाई थियो तर न हाम्रो श्रमदानको मुल्य उठ्यो न सरकारी लगानीको नै सदुपयोग भयो स्थानीय कमल सिजालीले गुनासो गरे । योजना अलपत्र परेपछि आकासेपानीको भरमा बाली लगाउन बाध्य भएको उनको भनाई छ ।
खानेपानी, सरसफाई तथा सिचाई डिभिजन प्रमुख प्रेम ओलीले वर्सेनी न्युन बजेट विनियोजना हुँदा अलपत्र परेका ठुला योजनाको मर्मत गर्न नसकिएको बताए । जिल्लाभर तीन दर्जन सिचाई योजना बजेट अभावकै कारण अलपत्र रहेको उनको भनाई छ ।





.jpg)