ट्रेण्डिङ

होमपेज / अर्थ

सल्यानका दुई सडक कालोपत्रेका लागि ६२ करोड बजेट

  सल्यान खबर डेस्क २०७८ असार १६ गते बुधबार २१:५४:२३ मा प्रकाशित

असार १६,सल्यान 
सल्यानका दुई सडकको कालोपत्रेका लागि ६२ करोड रुपैँया विनियोजन भएको छ । कर्णाली प्रदेश राजधानी सुर्खेत जोड्ने लुहाम, काभ्रा रामवजार हुदैँ कालिमाटी रामपुर सडक र रुकुम पश्चिम जोड्ने थारमारे, बडागाउँ हुदैँ चौरजहारी सडकको कालोपत्रेका लागि बजेट विनियोजन भएको हो ।

संघिय सरकार र कर्णाली प्रदेश सरकारको समपुरक बजेट अन्तरगत कालिमाटी रामपुर, काभ्रा रामबजार, लुहाम त्रिवेणी सडकको कालोपत्रेका लागि संघीय सरकारको रु १७ करोड ३७ लाख र प्रदेश सरकारको रु १७ करोड ३७ लाख गरी जम्मा रु ३४ करोड ७४ लाख विनियोजन भएको छ ।

थारमारे बडागाँउ चौरजहारी सडक संघीय सरकारको रु १३ करोड ६५ लाख र प्रदेश सरकारको रु १३ करोड ६५ लाख गरी जम्मा रु २७ करोड २० लाख  बजेट विनियोजन भएको कर्णाली प्रदेशका पुर्व आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले जानकारी दिए । 

पूर्व अर्थमन्त्री ज्वालाले आफ्नो निरन्तरको प्रयासपछि कालिमाटी रामपुर, काभ्रा रामवजार, लुहाम सडक र थारमारे, बडागाउँ हुदैँ चौरजहारी सडकको कालोपत्रेका लागि सरकारले बजेट विनियोजन गरेको बताउनुभएको छ ।  चालु आवमा लुहाम काभ्रा रामपुर सडकमा १७ करोड र थारमारे चौरजहारी सडकमा १० करोडको काम भैरहेको छ भने गत आवमा पनि करोडौं बजेट बिनियोजन भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top