ट्रेण्डिङ

होमपेज / अर्थ

सल्यानको छत्रेश्वरी गाउँपालिकाले ल्यायो ४५ करोड बढी बजेट

  सल्यान खबर डेस्क २०७८ असार १६ गते बुधबार २१:४१:२८ मा प्रकाशित

असार १६,सल्यान 
सल्यानको छत्रेश्वरी गाउँपालिकाले ४५ करोड बढी बजेट ल्याएको छ । बुधबार दशौं गाउँसभाबाट नीति तथा कार्यक्रम तथा बजेट ल्याएको हो ।

 गाउँपालिकाले स्वास्थ्य र पुराना कार्यक्रमलाई निरन्तरता दिनेगरि बजेट ल्याएको छ । आर्थिक वर्ष २०७८०७९ का लागी गाउँपालिकाले ४५ करोड ४२ लाख १२ हजार ३ सय ४२ रुपैयाँको बजेट ल्याएको छ । 

 संघिय सरकारबाट प्राप्त बित्तीय समानिकरण अनुदान ९ करोड ७६ लाख, शसर्त अनुदान १९ करोड ३१ लाख, शसर्त अनुदान पुँजिगत ७२ लाख, राजस्व बाँडफाँड संघीय सरकार ७ करोड ३४ लाख ४९ हजार, प्रदेश सरकारबाट प्राप्त बित्तीय समानिकरण अनुदान १ करोड ४२ हजार, राजस्व बाडफाड ६ लाख २१ हजार ३ सय ४२, सशर्त अनुदान १ करोड १२ लाख १३ हजार, विशेष अनुदान ३० लाख, समपुरक अनुदान १ करोड २० लाख, गत आर्थिक बर्षको बचत ४ करोड १० लाख, र आन्तरिक आम्दानी ५० लाख सहितको बजेट प्रस्तुत गरेका हुन।

वडा मार्फत विभिन्न स्तर हुँदै छनौट भएका योजना हरुमा ५ करोड ५० लाख बजेट बिनियोजन गरिएको छ। एक वडा एक एम्बुलेन्स राख्ने प्राबधान अन्तरगत थप ४ वटा एम्बुलेन्स खरिदका लागि ४५ लाख बजेट बिनियोजन गरिएको छ। नेपालकै ठूलो शंख स्थापना भइ रहेको शंखपार्कलाई धार्मिक तथा पर्यटकिय गन्तव्य बनाउने निति तथा कार्यक्रममा समावेश गरिएको छ। बुराँसे युद्ध पर्यटन क्षेत्र निर्माण गर्न नया योजना ल्याउने गाउँपालिकाले जनाएको छ।

बजेट मार्फत कृषि, पशु, महिला बिकास, लागि आबस्यक बजेट बिनियोजन गरिएको उपाध्यक्ष सीता केसिले बताइन । नियमित औषधि उपकरण आपूर्ति गर्ने, दलित , महिला, आदिवासी, जनजाती, अपाङ्गता,भएका ब्यक्ती समाबेस हुनेगरी क्षमता बिकास र उद्दमशिलता पर्बर्धन कार्यक्रमलाई सम्बोधन गरिएको उपाध्यक्ष केसिले बताइन।

प्रतिक्रिया

सम्बन्धित खवर

Top