होमपेज / अर्थ
असार १४,सल्यान
एक स्थानीय तह, एक पशु सेवा उत्पादन कार्यक्रम अन्तरगत सल्यानको शारदा नगरपालिकामा उन्नत जातका भैसी वितरण गरिएको छ ।
स्थानीय सहभागिता र पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानको लागत साझेदारीमा शारदा नगरपालिका ६ बरलामा रहेको गरिबि निवारण भैसी पालन समूहलाई २४ वटा उन्नत भैसी हस्तान्तरण गरिएको हो ।
दूधमा आत्मनिर्भर बनाउन र कृषिमा किसानहरुको आकर्षण बढाउँन उन्नत जातका भैसी हस्तान्तरण गरिएको पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानका प्रमुख कपिल प्रसाद उपाध्यायले बताए ।
विगतदेखि पशुपालनमा लागेका व्यवसायिक समूहलाई भैसी प्रदान गरिएको उनको भनाई छ । कार्यालयको २० लाख र बाँकी किसानको गरी २४ भैसी वितरण गरिएको उनको भनाई छ ।
परम्परागत पशुपालनलाई व्यवसायिक बनाउन उन्नत जातका भैसी पालन थालेको समिति अध्यक्ष जीत बहादु भण्डारीले बताए । बजारमा दूधको माग बढ्दै गएकाले भैसीपालनलाई व्यवस्थित बनाउन थालेको उनको भनाई छ ।
व्यवसायिक पशुपालनमा किसानलाई आकर्षित गर्न र किसानको आयस्तर वृद्धि गर्न यस प्रकारका कार्य निकै उपयोगी हुने मेयर सुरेश अधिकारीले बताए । किसानहरुलाई पशुपालन तथा कृषिमा आकर्षित गर्नका लागि नगरपालिकाले २ करोड रुपैयाँ म्याचिङ फन्टमा राखेको उनको भनाई छ । किसानलाई व्यवसायिक बनाउन र किसानको आयस्तरमा वृद्धि नगरपालिकोगर्ने उद्देश्य सहित उन्नत जातका भैसी वितरण गरिएको उनको भनाई छ ।





.jpg)