ट्रेण्डिङ

होमपेज / अर्थ

त्रिवेणी गाउँपालिकामा उन्नत जातका भैसी वितरण

  सल्यान खबर डेस्क २०७८ असार १३ गते आइतबार १४:२०:२० मा प्रकाशित

असार १३,सल्यान 
एक स्थानीय तह, एक पशु सेवा उत्पादन कार्यक्रम अन्तरगत सल्यानको गाउँपालिकामा उन्नत जातका भैसी वितरण गरिएको छ । 
त्रिवेणी गाउँपालिका र पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानको लागत साझेदारीमा त्रिवेणी गाई भैसी पकेट समिति वडा न १,२ र ६ लाई ४७ वटा उन्नत भैसी हस्तान्तरण गरिएको हो । 

दूधमा आत्मनिर्भर बनाउन र कृषिमा किसानहरुको आकर्षण बढाउँन उन्नत जातका भैसी हस्तान्तरण गरिएको पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानका प्रमुख कपिल प्रसाद उपाध्यायले बताए । 

 विगतदेखि पशुपालनमा लागेका व्यवसायिक समूहलाई भैसी प्रदान गरिएको उनको भनाई छ । किसानलाई करिब ४९ लाख ५० हजार बराबरका भैसी वितरण गरिएको उनको भनाई छ ।  कार्यालयको २० लाख, त्रिवेणी गाउँपालिकाको ६ लाख र समितिको २३ लाख ५० हजारको  कार्यक्रम भित्र उन्नत जातको घाँस, तालिम, अन्तरक्रिया, औषधी समेत वितरण गरिएको उनको भनाई छ । 

परम्परागत पशुपालनलाई व्यवसायिक बनाउन उन्नत जातका भैसी पालन थालेको त्रिवेणी गाई भैसी पकेट समितिका अध्यक्ष मोतिलाल बुढाथोकीले बताए । बजारमा दूधको माग बढ्दै गएकाले भैसीपालनलाई व्यवस्थित बनाउन थालेको उनको भनाई छ । 

व्यवसायिक पशुपालनमा किसानलाई आकर्षित गर्न र किसानको आयस्तर वृद्धि गर्न अनुदानमा उन्नत जातको भैसी वितरण गरिएको पशु सेवा शाखा प्रमुख बसन्त रावतले बताए । किसानलाई व्यवसायिक बनाउन र किसानको आयस्तरमा वृद्धि गर्ने उद्देश्य सहित उन्नत जातका भैसी वितरण गरिएको उनको भनाई छ । 

किसानलाई पशुपालनमा आकर्षित गर्न गाउँपालिकाले कृषकको उत्पादन गाउँपालिकाको अनुदान कार्यक्रम सञ्चालन गरि रहेको उनको भनाई छ । उनका अनुसार वार्षिक जिउँदो ५ वटा खसी बोका , मासिक २ सय लिटर दूध बिक्री गर्ने र मासिक २ हजार अण्डा उत्पादन गर्ने किसानलाई ५० हजारसम्म अनुदान उपलब्ध गराउँदै आइरहेको छ । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top