ट्रेण्डिङ

होमपेज / अर्थ

५६ करोड शारदा नगरपालिकाको बजेट

  सल्यान खबर डेस्क २०७८ असार १२ गते शनिबार १४:५०:०७ मा प्रकाशित

असार १२,सल्यान 
शारदा नगरपालिका सल्यानले आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट  सार्वजनिक गरेको छ । नवौं नगरसभामा शनिबार उपप्रमुख सावित्रा बस्नेत घर्तीले ५६ करोड ६१ लाख  २३ हजारको रुपैयाँको बजेट सार्वजनिक गरेकी हुन । 

उनले स्वास्थ्य, कृषि, रोजगार तथा शिक्षालाई प्राथमिकता दिएर बजेट विनियोजन गरेको बताइन । उनले पुँजिगत तर्फ १६ करोड ३५ लाख र चालु तर्फ ४० करोड २६ लाख २३ हजार खर्च हुने अनुगमान रहेको बताइन । 

आन्तरिक स्रोत ६ करोड २७ लाख १४ हजार, प्रदेश राजस्व बाँडफाँडबाट २० लाख ८३ हजार ६६०, प्रधानमन्त्री रोजगार र यूवा रोजगारीका लागि रुपान्तरण पहल परियोजनाबाट १ करोड ४० लाख ७७ हजार, प्रदेश वित्तिय समानिकरण अनुदानबाट १ करोड ३३ लाख ३९ हजार, संघीय सशर्त अनुदान २५ करोड ६८ लाख २३ हजार, संघीय राजस्व बाँडफाँडबाट ९ करोड ३४ लाख ८६ हजार र संघीय वित्तिय समानिकरणबाट १२ करोड ३६ लाख पूर्ति गर्ने व्यवस्था गरिएको उनले बताइन ।  

आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट विनियोजन गर्दा नीति तथा कार्यक्रममा व्यवस्था भए बमोजिम आर्थिक, सामाजिक, भौतिक, पूर्वाधार विकास,। वातावरण तथा विपद् व्यवस्थापन, संस्थागत विकास तथा सेवा प्रवाह शुसाशन समेतका विषयगत क्षेत्रका कार्यक्रम समेटेर प्रस्तुत गरेको उपप्रमुख बस्नेतले बताइन । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top