ट्रेण्डिङ

होमपेज / अर्थ

सल्यानका किसानलाई उन्नत जातका भैसी वितरण

  सल्यान खबर डेस्क २०७८ असार ८ गते मंगलबार १५:३३:३८ मा प्रकाशित

असार ८,सल्यान 
जिल्लाको बागचौर नगरपालिकाले व्यवसायिक पशुपालनमा किसानलाई आकर्षित गर्न उन्नत जातका भैसी वितरण गरेको छ । दूध पकेट क्षेत्र विस्तार गर्न र  किसानको आयस्तरमा वृद्धि गर्ने उद्देश्यका साथ अनुदानमा उन्नत जातको भैसी वितरण गरेको हो । 

नगरपालिकको वडा न ९ धामीढुंगा र हरिपुरका ४२ घरधुरीलाई ४२ वटा उन्नत जातका भैसी वितरण गरिएको मेयर लोकमान बुढाथोकीले बताए । दूध पकेट क्षेत्र बनाउने गरी भैसी पालन पकेट क्षेत्र निमार्ण गर्न पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यान र नगरपालिकाको समन्वयमा उन्नत जातका भैसी वितरण गरिएको उनले बताए । 
कृषि र पशुपालनमा नगरका किसानलाई व्यवसायिक बनाउन र किसानको आयस्तरमा वृद्धि गर्ने उद्देश्य सहित यो कार्यक्रमको सुरुवात गरिएको हो । पशुपालनमा प्राथमिकता दिन भैसीलाई सुत्केरी भत्ता र पाडापाडीको विमा समेत गर्दै आइरहेको बुढाथोकीले बताए । 

जिल्लालाई दूधमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ नगरपालिकाको २५ लाख र पशु सेवा कार्यालयको २० लाखको लागतमा भैसी, ५० वटा मिल्क केन, घाँस वितरण गरिएको पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानका प्रमुख कपिलप्रसाद उपाध्यायले बताए । 

उक्त बजेटबाट पानी आपूर्तिका लागि ५० घरधुरीलाई पानी ट्यांकी ,भकारो सुधारको काम समेत सम्पन्न भएको उनको भनाई छ । पछिल्लो समय जिल्लामा व्यवसायिक भैसीपालन तर्फ किसानहरुको आकर्षण बढ्दै जान थालेको छ । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top