होमपेज / अर्थ
जेठ २८,सल्यान
व्यावसायिक रुपमा बाख्रापालन गर्दै आइरहेका किसानको प्रोत्साहन गर्न र पकेट क्षेत्रलाई प्रभावकारी बनाउन कालिमाटी गाउँपालिका वडा न ४ का किसानलाई बाख्रा वितरण गरिएको छ ।
बिहीबार वडा न ४ का ५ समूहलाई बोयर जातका बोका र खरी जातका बाख्रा वितरण गरिएको हो । बाख्रापालनका लागि भूगोल र हावापानी उपयुक्त भएकाले ५० घरधुरीलाई दुई वटा बाख्राका दरले वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।
सल्यानको कालिमाटी गाउँपालिका ४ लाई बाख्रापालन पकेट क्षेत्र घोषणा गरिएकाले उन्नतजातका बोका सहित बाख्रा वितरण गरिएको गाउँपालिका अध्यक्ष दान बहादुर केसीले बताए । किसानहरुलाई व्यावसायिक पशुपालन तथा कृषिमा आत्मनिभएर बनाउने उद्देश्यका साथ वडा न ४ लाई बाख्रापालन पकेट क्षेत्र घोषणा गरिएको उनको भनाई छ । वडा न ४ पशुपालनका लागि निकै सम्भावनायुक्त क्षेत्र भएको उनको भनाई छ ।
कालिमाटी गाउँपालिकाको ६ लाख र पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानको २० लाख गरी २६ लाखको लागतमा एक सय बाख्रा वितरण गरिएको पशु अस्पताल तथा पशु अस्पताल सल्यानका प्रमुख कपिलप्रसाद उपाध्यायले बताए । उनले भने बाख्रा सँगै खोर व्यवस्थापन, खोर सुधार,, तथा औषधी दाना घाँस लगायतमा काम हुने छ । किसानहरुको जीविकोपार्जनमा सुधार ल्याउन पकेट क्षेत्र कार्यक्रम निकै प्रभावकारी हुने उपाध्यायको भनाई छ ।
सल्यान बाख्रापालनका लागि निकै उत्तम जिल्लाको रुपमा चिनिन्छ । जिल्लामा ५ लाख भन्दा बढी बाख्रा रहेका छन् ।





.jpg)