ट्रेण्डिङ

होमपेज / अर्थ

दूध बिक्री नहुँदा सल्यानका दुग्ध व्यावसायिक किसान समस्यामा

  सल्यान खबर डेस्क २०७८ जेठ १८ गते मंगलबार १३:०६:०२ मा प्रकाशित

जेठ १८,सल्यान 
दूध बिक्री हुन नसक्दा सल्यानमा दुग्ध व्यवसायी किसान निराश बनेका छन् । बढ्दो कोरोना संक्रमण रोकथामका लागि एक महिनादेखि जारी निषेधाज्ञाका कारण दूधको बिक्री वितरण नहुँदा दुग्ध व्यवसायिक किसान प्रभावित भएका हुन । 

दूध बिक्री गरेर जीविकोपार्जन गर्दै आइरहेका किसान बढी मर्कामा परेका छन् । किसानहरुले उत्पादन गरेको दूध दुग्ध व्यवसायीले खरिद गर्न कम गरेपछि दूधको व्यवस्थापन गर्न समस्या भएको किसानहरुको भनाई छ । 

कोरोनाको त्रास र निषेधाज्ञाले जिल्लाका व्यावसायिक दूध किसानहरु निकै मर्कामा परेका छन् । उनीहरुले उत्पादित दूध बिक्री गर्न सकिरहेका छैनन् । एकातिर उपभोक्ताले दूध खान पाएका छैनन् भने अर्कातिर किसानलाई दूध कहाँ लगेर बेच्ने भन्ने पिरलो छ । 
दूध बिक्री नहुँदा मासिक १ लाख ५० हजारका दरले आफुलाई घाटा लागि रहेको त्रिवेणी गाउँपालिका ६ लुहामका किसान कृष्णा कुमार रेउलेले बताए । उनले भने ‘गाईले अहिले निषेधाज्ञा छ, दूध नदे भन्ने कुरा भएन , गाईले दूध त दिइनै हाल्छ तर दुहेको दूध कहाँ राख्ने समस्या छ ।’

 विगत ६ वर्ष अघि देखि कृष्ण गाई फर्म सञ्चालन गर्दै आएका रेउलेले दैनिक १ सय २० लिटर भन्दा बढी उत्पादन भएको दूधले बजार नपाएको बताए । ‘बीस वटा गाईबाट बिहान साँझको दुध १ सय २० लिटरभन्दा बढी हुन्छ पहिले डेरी खुल्ला थिए र लिन्थ्ये तर आजभोली दूध नै बिक्री भइरहेको छै्रन’ उनले भने । 
निषेधाज्ञाले दूध मात्र बिक्री गर्न समस्या नभई बस्तुभाउलाई खुवाउने दाना ल्याउन पनि समस्या भइरहेको रेउलेको भनाई छ । दाना ल्याउन दाङ्ग जाँदा पास नभएको भन्दै बिच बाटोबाटै फर्किनु परेको दुखसो पोखे । 

निषेधाज्ञामा सवारी साधन नचल्दा दूध ढुवानीमा निकै समस्या भएको सिद्ध कुमाख गाउँपालिका १ पटोरका भैसी पालक किसान राजेश कुमार बस्नेतले बताए । दैनिक ४५ लिटर दूध उत्पादन हुने तर आफ्नो साधन नहुँदा डेरीसम्म पु¥याउन निकै सास्ती भोग्नु परेको उनको भनाई छ । दूध बिक्रीबाट मासिक ८० हजारसम्म आम्दानी गर्ने गरेको भएपनि अहिले आम्दानी घटेको उनको भनाई छ । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top