ट्रेण्डिङ

होमपेज / अर्थ

निषेधाज्ञाका कारण तरकारी बिक्री नभएपछि सल्यानका किसानमा समस्यामा

  सल्यान खबर डेस्क २०७८ जेठ ११ गते मंगलबार १६:५९:३५ मा प्रकाशित

जेठ ११,सल्यान 
प्रशासनले निषेधाज्ञा जारी गर्दा सल्यानका किसानले उत्पादन गरेको तरकारी बिक्री हुन सकेको छैन । विश्वभर फैलिएको कोभिड १९ को संक्रमण फैलिन नदिन भन्दै प्रशासनले निषेधाज्ञा जारी गर्दा बजारमा लिन तयार भएको तरकारी बिक्री नहँुदा किसानहरु चिन्तित भएका छन् । 

बजारसम्म तरकारी पु¥याउन र पु¥याएको तरकारी पनि बिक्री नभएपछि तरयकारी बारीमै सड्न थालेको शारदा नगरपालिका ६ बरलाका किसान लोक बहादुर भण्डारीले बताए । १४ रोपनीमा लगाएको तरकारी बिक्री नहुँदा काटेर फाल्नु पर्ने अवस्था आउन थालेको उनको भनाई छ । उनले भने ‘बजार सबै बन्द छन् को आएर हाम्रो तरकारी किनि दिने हो र ? किन्ने मान्छे नै आउँदैनन् ।’ 

गत वर्षको बन्दाबन्दीले भन्दा यो वर्षको निषेधाज्ञाले किसानलाई बढी घाटा पु¥याएको उनको भनाई छ । यो वर्ष कोरोनाले धेरै मानिस मर्दा पनि मानिस डराएकाले कोही पनि बारीमा किन्न नआउने गरेको उनको भनाई छ । १४ रोपनीमा लगाएको मुला, काक्रो, सिमी, बन्दा, करेला लगायतका तरकारी बिक्री नभएपछि लगानी नै उठाउन गाह्रो भएका भण्डारीले बताए । गत वर्ष लकडाउन भएपनि ८ लाख आम्दानी भएको भएपनि यो वर्ष भने एक दुई लाख हुन्छ की हुदैन चिन्ताले सताउन थालेको छ । 
निषेधाज्ञा नहुँदै टिप्ने नभएको र टिप्ने समयमा लकडाउनले बजार पठाउन नपाएको अर्का किसान प्रदिप वलीले बताए । उनले भने ‘सिमि, बन्दा , धनियाँ, क्राकौ छिप्पिएर काम नलाग्ने भइसकेका छन् ।’ 

तरकारीको बिक्रीले नै घरखर्च टार्ने किसानहरु आम्दानी नभएपछि मर्कामा परेको वलीको भनाई छ । उनले भने ‘तीन रोपनीका लगाएको तरकारी अहिलेसम्म बिक्री भएको छ । अवको एक हप्ता भित्र तयार भएको तरकारी बजार पठाउन नसकिए काटेर फाल्नु पर्ने हुन्छ ।’ 
जिल्लाबाट वार्षिक ३० देखि ३५ करोडको तरकारी जिल्ला बाहिर निकासी हुने गर्दछ । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top