ट्रेण्डिङ

होमपेज / अर्थ

कोरोना महामारीमा दैनिक उपभोग्य वस्तुको मूल्य बढेको गुनासो पछि सल्यानका बजार अनुगमन

  सल्यान खबर डेस्क २०७८ जेठ १० गते सोमबार १९:५०:०२ मा प्रकाशित

जेठ ९,सल्यान 
कोरोना भाइरस महामारीको मौका छोपि बजारमा व्यवसायीले दैनिक उपभोग्य वस्तुदेखि अधिकांस सामानको मूल्य बढाएको जनगुनासो आएपछि जिल्ला प्रशासन कार्यालय सल्यानले बजार अनुगमन गरेको छ ।

व्यापारीले कोरोना महामारीका कारण आयात कम भएको भन्दै मूल्य बढाएको भन्दै उपभोक्ताबाट गुनासो बढ्न थालेपछि प्रशासनले सोमबार श्रीनगर र खलंगा बजार अनुगमन गरेको हो । मूल्य बढ्दा मजदुरी  गरेर जीविका चलाउने विपन्न समुदाय बढी मारमा परेका छन् । 

अनुगमनका क्रममा अधिकांस पसलमा मूल्य सूचि नभएको, प्रत्येक पसलमा एउटै सामानको मूल्य समान नभएको, सामानको मूल्य अत्याधिक बढाएको पाइएको नेपाल पत्रकार महासंघ जिल्ला शाखा सल्यानका उपाध्यक्ष सरिता चलाउने बताइन । उपभोक्ताले भन्दा एउटा मूल्य भन्ने तर बिक्री गर्दा भने फरक मूल्य गर्ने गरेको गुनासो उपभोक्ताबाट पाइएको उनको भनाई छ ।

निषेधाज्ञाको समयमा सामानमा आएको मूल्य वृद्धि, म्याद नाघेका बस्तुहरुको बिक्रीवितरण, स्वास्थ्य मापदण्डको पालना तथा पसल दर्ता नविकरण, मूल्य सूचि टाँस लगायतका विषयमा बजार अनुगमन गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 

संविधानको अनुसूचि ७ अनुसार संघ र प्रदेशको साझा अधिकार सूचिमा आपूर्ति, वितरण, मुल्य नियन्त्रण, गुणस्तर र अनुगमन उल्लेख छ । संविधानको अनुसूचि ९ ले स्थानीय बजार व्यवस्थापन स्थानीय तहको क्षेत्राधिकार भनी किटान गरेको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा पनि बजार अनुगमन स्थानीय तहले गर्ने भनी उल्लेख गरिएको छ । स्थानीय तहमा उपप्रमुखको संयोजकत्वमा अनुगमन समिति छ । 


 

प्रतिक्रिया

सम्बन्धित खवर

Top