होमपेज / अर्थ
जेठ १,सल्यान
कृषकको खोरमा रहेका कुखुरा मर्न थालेपछि कुखुरा पालक कृषक चिन्तित भएका छन् । दुईचार हजार नाफा हुने आशामा पालिएका कुखुरा भटाभट चिसोले मर्न थालेपछि आर्थिक क्षति भएको छ ।
चिसोले आफ्नो फर्ममा रहेका ५ सय कुखुरा मरेको नमुना एकीकृत कृषि फर्मका सञ्चालक लोकराज भण्डारीले बताए । झन्डै एक हप्तासम्म परेको पानीले चिसो बढेपछि फर्ममा राखिएका ५ सय बढी कुखुरा मरेको उनले बताए । उनले भने ‘दुई सय ग्रामसम्म पुगेका थिए । निरन्तर पानी परी रहने र रातको समयमा तापक्रम दिन बिजुली बत्ति पनि जाँखा ठुलो क्षति व्यहोर्नु परेको छ ।’
५ सय कुखुरा मर्दा ६० देखि ७० हजार रुपैयाँसम्म घाटा लागेको भण्डारीले बताए । कुखुरा २ सय ग्रामसम्म भएकाले क्षति कम भएको उनको भनाई छ ।
गत वैशाख १८ गते आएको बाढीले उनको माछा समेत बगाएको थियो । पोखरीमा रहेका झन्डै ६ लाख माछाका भुरा बाढीले बगाउँदा १२ लाख बढीको क्षति भएको थियो ।
पटक पटक आइरहने प्राकृतिक विपत्तीले किसानहरुलाई व्यवसाय सञ्चालन गर्न निकै समस्या बनाएको उनको भनाई छ ।





.jpg)