होमपेज / अर्थ
सल्यान, वैशाख २७ गते ।
डिभिजन वन कार्यालय सल्यानले आगलागी नियन्त्रण लागि आवश्यक पर्ने सुरक्षा समाग्री जिल्ला विपद ब्यवस्थापन समितिलाई हस्तान्तरण गरेको छ ।
आगलागी नियन्त्रणको समयमा उपयोगमा आउने सुरक्षा सामाग्री प्राथमिक उपचार बक्स ,मास्क, गोल्भस,वोत्तल, हेलमेट, जम्प सुट, फायर सुट लगायतका सामाग्री हस्तान्तरण गरिएको हो ।
डिभिजन वन कार्यालय सल्यानका प्रमुख रमेश कुमार गिरीले अग्नी नियन्त्रण सम्बन्धी २ लाख ४० हजार रुपियाँ बराबरका विभिन्न सामाग्रीहरू जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाइ खतिवडालाई हस्तातरण गरेका हुन् ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाईले प्रकोप नियन्त्रणमा समाग्रीको सदुपयोग हुने वताइन ।
डिभिजन वन कार्यालय सल्यानका प्रमुख रमेश कुमार गिरीले वन र वनस्पती संरक्षण लागि समुदायकै सक्रियता आवश्यक हुने बताए । उनका अनुसार सामुदायिक वनका उपभोक्ताहरुले सक्रियता नदिए सरकारी प्रयासले मात्र वन जंगलमा लाग्ने वन डढेलो नियन्त्रण गर्न सकिदैन ।





.jpg)