ट्रेण्डिङ

होमपेज / अर्थ

सल्यानमा दुई महिनालाई पुग्ने खाद्यन्न

  सल्यान खबर डेस्क २०७८ बैशाख २६ गते आइतबार १६:४४:३४ मा प्रकाशित

वैशाख २६ सल्यान 
सल्यान उद्योग वाणिज्य संघ सल्यानले दुई महिनालाई पुग्ने खाद्यन्न भएकाले निषेधाज्ञाभर खाद्यन्नको अभाव नहुने बताएको छ । जिल्ला प्रशासन कार्यालय सल्यानले निषेधाज्ञा घोषणा गरेसँगै खाद्यन्नको अभाव हुने धेरैको आशंका रहे पनि कुनै समस्या नहुने संघले बताएको हो । 

सल्यानमा अहिले २ हजार १ सय ३५ क्विन्टल चामल, ८ सय ९५ क्विन्टल नुन, २ हजार ४ सय ९० गत्था तेल, २ सय ३३ बोरी दाल रहेको सल्यान उद्योग वाणिज्य संघका अध्यक्ष कुमार बुढाथोकीले जानकारी दिए । यस्तै २ सय ६० बोरा मैदा, ४ सय २५ क्विन्टल चिनि, १ सय ३५ बोरा च्युरा र १ हजार ३ सय १० वटा ग्यास रहेको उनको भनाई छ । 

दैनिक उपभोग्य बस्तुको अभाव नहुने भएकाले आवश्यकता भन्दा बढी बस्तु सञ्चय नगर्न उनले आग्रह गरे ।  बजार मूल्य पनि खासै नबढ्को बजारमा दैनिक उपभोग्य बस्तु भएकाले आवश्यकता भन्दा बढी सामान स्टक नगर्न उनले सबैलाई आग्रह गरे । उनले भने निषेधाज्ञा थपिन्छ की भनेर आवश्यकता भन्दा धेरै खाद्यबस्तु स्टक राख्दा अभाव बढ्छ त्यैसैले आफूँलाई तत्काल चाहिने मात्र सामान लिदा हुन्छ खाद्यन्नको कुनै अभाव हुदैन । 

प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाईले  खाद्यन्न आपूर्तिलाई सहज बनाउन पास दिने व्यवस्था गरिएको बताइन ।  जिल्लामा अहिले दैनिक उपभोग्य बस्तसको अभाव नरहेको छर उपभोग्य बस्तु अभाव हुन नदिन उद्योग वाणिज्य संघसँग समन्वय भई  रहेको उनको भनाई छ । खाद्यन्न, निमार्ण सामाग्री, पशुपंक्षीको दाना, अण्डा, घाँसको लागि सहज रुपमा पास दिने व्यवस्था गरिएको होमागाईले बताइन । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top