होमपेज / अर्थ
चैत ६,सल्यान
नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रिय उपाध्यक्ष टोप बहादुर रायमाझीले केहि काम नभएका निर्माण व्यावसायीको लाइसेन्स बनाउने प्रवृत्ती देखापरेको भन्दै त्यसो हुन नहुने बताएका छन ।
अन्य काम नपाएपछि कतै पाइन्छ की भनेर निर्माण व्यवसायीको लाइसेन्स बनाउने हैन भन्दै उनले काम गर्न सक्ने क्षमता हुनेहरुले लाइसेन्स बनाएर व्यवसायीक रुपमा काम गर्नुपर्ने बताएका हुन ।
नेपाल निर्माण व्यवसायी संघ सल्यानको १९ औं साधारण सभा तथा ९ औं अधिवेशन उद्घाटन कार्यक्रमलाई सम्बोधनका क्रममा उनले निर्माण जस्तो क्षेत्रमा सक्षम तथा योग्य व्यक्तीहरु हुनुपर्ने बताएका हुन । उनले अहिले स्थानीय सरकारहरुले लाइसेन्स दिइरहेको भएपनि नविकरणको समयमा निर्माण व्यवसायी संघको सिफारिस अनिवार्य बनाउनुपर्ने बताए ।
जिल्ला समन्वय समिति प्रमुख केश बहादुर विष्टले राज्यले जस्ता नीति बनाएपनि निर्माणका काममा गुणस्तरिय भएन भने त्यसले देशलाइ घाटा पु¥याउने बताए । उनले विकासलाइ दीगो बनाउनका लागि निर्माण बलियो हुनुपर्ने भन्दै स्टामेट भन्दा ३५ देखि ४० प्रतिशत कममा ठेक्का लिनेबेला त्यसको गुणस्तर भयो कि भएन भनेर मापन पनि गर्नुपर्ने बताए ।





.jpg)