ट्रेण्डिङ

होमपेज / अर्थ

सल्यानका सिभिल इन्जिनियर कुखुरा पालनमा रमाउँदै

  सल्यान खबर डेस्क २०७६ फाल्गुण १८ गते आइतबार १५:०५:५२ मा प्रकाशित

फागुन १८, सल्यान 
सल्यानका एक सिभिल इन्जिनियरले व्यवसायिक कुखुरा पालन थालेका छन् । पढे लेखेका मानिसले कृषि पेशा अंगाल्नु हुदैन भन्ने सामाजिक मान्यतालाई टोड्दै उनले व्यवसायिक लोकल कुखुरा पालन थालेका हुन् । 
जिल्लाको शारदा नगरपालिका ५ रातामाटाका २० वर्षिय सिभिल इन्जिनियर लाल बहादुर कुमाईले कुखुरा फर्म नै दर्ता गरेर व्यवसाय सुरु गरेका छन् । 
करिब ५ लाख लगानी गरी व्यवसाय सुरु गरेका कुमाईले स्थानीय जातका कुखुरा पालन गरेका छन् । अहिले उनको फर्ममा स्थानीय जातका सात सय बढी कुखुरा रहेका छन् । वैशाखदेखि पुससम्म कुखुरा र अण्डा बिक्रीबाट झन्डै आड लाख आम्दानी गरि सकेकाो कुमाईले बताए । उनले भने ‘दैनिक एक सय बढी अण्डा उत्पादन भई रहेको छ । बजारको कुनै समस्या छैन ।’ 
उत्पादन भएका कुखुरा र अण्डा जिल्लामै खपत भई रहेको उनले बताए । अहिलेसम्म कही कतैबाट सहयोग नपाएको बताउदै उनले अवका दिनमा कतैबाट सहयोग पाए कुखुराको सख्ंया बढाउने र व्यवस्थित गर्ने योजना रहेको उनको भनाई छ । 
अर्काको जागिर खाएर नोकरी गर्नु भन्दा आफ्नै व्यवसाय गरेर मालिक बनेकोमा खुशी लागेको कुमाईले बताए । उनले भने ‘अर्काको देशमा रगत पसिना बगाउनु भन्दा आफ्नै देशमा सानो लगानीमा व्यवसाय सञ्चालन गर्न सकिन्छ ।’ 
पढेर जागिर नै गर्नुपर्छ भन्ने नेपालीको सोचाई छ त्यस्तो सोचाईलाई परिर्वतन गर्न जरुरी रहेको उनी बताउँछन् । उनले भने ‘पढे पछि जागिर गर्नु पर्छ भन्ने सामाजिक मान्यता छ उक्त सामाजिक धारणा बदल्न पनि मैले यो अभियान सञ्चालन गरेको हुँ ।’ 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top