ट्रेण्डिङ

होमपेज / अर्थ

उद्योग वाणिज्य संघ सल्यानको अध्यक्षमा कुमार बुढाथोकी निर्वाचित

  सल्यान खबर डेस्क २०७७ चैत्र १ गते आइतबार २१:५१:२१ मा प्रकाशित

चैत २,सल्यान 
सल्यान उद्योग वाणिज्य संघ सल्यानको अध्यक्षमा सयुक्त प्यानलका कुमार बुढाथोकी निर्वाचित भएका छन् । १हजार २७ मत प्राप्त गर्दै उनी विजयी भएका हुन । उनका निकटतम प्रतिद्धन्दी प्रगतिशिल प्यानलका राजेन्द्र कुमार थापाले ९ सय २८ मत प्राप्त गरेका छन् । 

प्रगतिशिल प्यानलले महासचिव र एक सदस्यमा मात्र जीत हात पार्न सफल भएको छ । वरिष्ठ उपाध्यक्षमा विरेन्द्र कुमार श्रेष्ठले १ हजार ४७ ल्याएका छन् भने उनका प्रतिद्धन्दीले ८ सय ६९ मत ल्याएका छन् । यस्तै वाणिज्य उपाध्यक्षमा भरत कुमार बस्नेतले १ हजार १ सय १२ , उद्योग उपाध्यक्षमा प्रेम बहादुर पुनले ९ सय ५३ मत ल्याई विजयी भएका छन् । 
यस्तै महासचिवमा सयुक्त प्यानलका रुपक बुढालाई हराएर मोहन सारुले ९ सय ६७ मत ल्याई विजयी भएका छन् । बुढाले ९ सय ५२ मत प्राप्त गरेका छन् । 

संयुक्त प्यानललाई कांग्रेस, एमाले (केपि समूह) र राप्रपाको साथ रहेको छ भने प्रगतिशील प्यानललाई माओवादी केन्द्र र माधब समुहको साथ रहेको थियो ।

मत परिणाम यस्तो छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top