होमपेज / अर्थ
फागुन २९,सल्यान
सल्यान उद्योग बाणिज्य संघको मतदान जारी छ । विहान ८ बजे देखि शुरु भएको मतदामा ४ बजेसम्म ७६ दशमलव ९८ प्रतिशत मत सकेको निर्वाचन समितिले जानकारी दिएको छ । समितिका अनुसार ४ बजेसम्म १ हजार ८ सय मत खसेको छ ।
संघका निवर्तमान अध्यक्ष विर वहादुर चलाउनेले पहिलो मत खसालेर शुरु भएको मतदान वेलुकी ४ बजे सम्म तोकिए पनि मतदाता धेरै भएकाले आधा घण्टा थप गरिएको छ ।
अहिले पनि मतदान स्थलमा मतदाताहरको लामो लाइन लागेको छ । उद्योग बाणिज्य संघको निर्वाचनमा प्रगतिशिल व्यवसायिक प्यानलबाट प्रतिष्ठित व्यापारी राजेन्द्र कुमार थापा र संयुक्त व्यवसायिक प्यानलबाट कुमार वुढाथोकीवीच कडा प्रतिस्पार्धा हुदै छ ।





.jpg)