ट्रेण्डिङ

होमपेज / अर्थ

उद्योग वाणिज्य संघ सल्यानको निर्वाचनमा प्रगतिशिल प्यानलको चुनावी प्रचार प्रशार तिव्र

  सल्यान खबर डेस्क २०७७ फाल्गुण २६ गते बुधबार १८:०५:२४ मा प्रकाशित

फागुन २६,सल्यान 
सल्यान उद्योग वाणिज्य संघ सल्यानको निर्वाचनमा प्रगतिशिल व्यवसायिक प्यानलले चुनावी प्रचार प्रशार तिव्र पारेको छ ।

यहि फागुन २९ गते हुन गई रहेको निर्वाचनलाई लक्षित गरी प्रगतिशिल प्यानलले निर्वाचनको तयारीलाई तिब्र बनाएका छन् । व्यवसायिक हित, विकास र विस्तारका लागि प्रगतिशिल प्यानलले निर्वाचनमा भाग लिएको प्रगतिशिल व्यवसायिक प्यानलबाट अध्यक्षको उम्मेदवारमा उठेका राजेन्द्र बहादुर थापाले बताए । चुनाव प्रचार प्रशारको क्रममा बुधकार उक्त प्यानलले सदरमुकाम खलंगामा घरदैलो गरेको छ । अधिकांस मतदाताहरुबाट राम्रो प्रतिक्रिया पाइरहेको र आफूहरुको जीत सुनिश्चित भएको थापाको भनाई छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top